बिहीबार, वैशाख २७
०४:५६

बर्दिवासमा 'ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम' सम्पन्न

सोमबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको सर्लाही सदस्य सेवा कार्यालयको आयोजनामा फागुन १९ गतेदेखि २१ गतेसम्म महोत्तरीको बर्दिवासमा 'ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम' सञ्चालन गरिएको छ । तालिममा मधेश प्रदेशका ६ जिल्लाका १७ साकोसका गरी २० जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका अधिकृतद्वय कोमलराज अधिकारी र उमेश कोइरालाले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन संघको सर्लाही सदस्य सेवा कार्यालयका इन्चार्ज महेश बरालले गर्नुभएको थियो ।

तालिम सहभागीहरुले सिकाइलाई संस्थाको विकासमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने संघका सदस्य सेवा कार्यालयका इन्चार्ज बरालले सदस्य संस्थाहरुको माग सम्बोधन हुने गरी तालिमका कार्यक्रमहरु राख्दै आएको भन्दै आगामी दिनमा पनि सदस्य संस्थाहरुलाई नै ध्यानमा राखेर तालिम र शिक्षा कार्यक्रमहरुमा जोडिने जानकारी गराउनुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।