बिहीबार, वैशाख २७
१०:०७

३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण

आईतबार, फागुन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । माछापुच्छ्रे गाउँपालिका वडा नं. २ स्थित सार्दिखोला स्वास्थ्य चौकीमा २०८० फाल्गुन १९ गते शनिबार निःशुल्क आँखा परिक्षण कार्यक्रम आयोजना गरिएको छ । सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि. तथा नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीको सयुंक्त आयोजनामा गरिएको सो कार्यक्रममा हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रमको अध्यक्षता सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका उपध्यक्ष गिरिधारी आचार्यले गर्नुभएको थियो भने संस्थाकी सञ्चालक सपना कुमारी गुरुङले स्वागत  मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का अध्यक्ष गणेश आचार्यले पहिलो सेवाग्राही रण बहादुर गुरुङलाई उपचार फारम हस्तान्तरण गरी  गर्नुभएको थियो । प्रमुख अतिथि आचार्यले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरु लाभान्वित भैरहेकोले संस्थालाई धन्यवाद दिनुका साथै भविष्यमा अझ उत्कृष्ट कार्यक्रमहरु आयोजना गर्न सुझाव दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्र सञ्चालन संस्थाका सचिव राम प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ३ सय ५० जनाले आँखा परीक्षण गराएका छन् । जसमध्ये १ सय ८९ जना ब्यक्तिहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने १५ जनामा मोतिविन्दु भेटिएको र उनीहरुलाई दुवै आयोजक संस्थाको पहलमा यथाशिघ्र शल्यक्रियाको लागि थप व्यवस्था गरिने जानकारी गराइएको छ ।

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।