बिहीबार, वैशाख २७
०२:३४

कैलालीमा 'ऋण असुली तथा धितो लिलामको कानूनी प्रक्रिया' तालिम सम्पन्न 

आईतबार, फागुन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । नेफ्स्कूनको कञ्चनपुर सदस्य सेवा कार्यालयले 'ऋण असुली तथा धितो लिलामको कानूनी प्रक्रिया तालिम' फागुन १९ गते कैलालीको गोदावरी नगरपालिमा सञ्चालन गरेको छ । तालिममा कञ्चनपुर र कैलालीका ५७ साकोसबाट ७० जनाको सहभागिता थियो ।

तालिममा नेफ्स्कूनका निवर्तमान सञ्चालक समेत रहनुभएका राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशीले समय सान्दर्भिक तालिम आयोजना गरिएको भन्दै सहभागीहरुले महत्वपूर्ण ज्ञान र सीप आर्जन गनुका साथै संस्थागत विकासमा लाग्न आग्रह गर्नुभयो ।

यस्तै, नेफ्स्कून सञ्चालक दिप्ती शाहीले अहिलेको विषम परिस्थितिमा संस्थामा जोखिमका क्षेत्र पहिचान गरी ऋण असुली प्रक्रियामा जानुुपर्ने भन्दै संस्थागत सजगतामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सदस्य संस्थाहरुको सक्षमता विकासका तालिम तथा कार्यक्रम आयोजना गरिने भन्दै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमा कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, कैलाली म्यानेजर क्लबका प्रतिनिधिहरु लगायतका सहकारीकर्मीहरुको उपस्थिति थियो । 

तालिम सहजीकरण संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने कञ्चनपुर सदस्य सेवा कार्यालय इन्चार्ज यम डाँगीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रम व्यवस्थापनमा नेफ्स्कूनको धनगढी सेवा केन्द्र कार्यालय इन्चार्ज योगेश बोहरा पनि सक्रिय सहभागी हुनुभएको थियो भने ब्यवस्थापन सहयोग संघको सदस्य सेवा कार्यालका व्यवसाय सहायक दिपक राज जोशीले गर्नुभएको थियो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।