बिहीबार, वैशाख २७
०५:१५

परिस्थिति अनुकूल रणनीतिक योजना तयार गर्न सिवाईसी साकोसलाई नेफ्स्कून अध्यक्षको आग्रह 

आईतबार, फागुन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । २०८० फागुन १९ गतेदेखि बागलुङ बजारमा सीवाईसी साकोसको ३ दिने '४ वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी' सुरुवात भएको छ । ३ दिन सम्म चल्ने गोष्ठीमा संस्थाका केन्द्रीय संचालकहरु, २५ वटा सेवाकेन्द्रबाट प्रतिनिधिहरु तथा कर्मचारीहरुलाई नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराज ज्योति पौडेल र विकू साकोसका पूर्व अध्यक्ष हरिलाल सापकोटाले सहजीकरण गर्नुभएको छ ।

कार्यक्रमको पहिलो दिनको अध्यक्षता संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो भने प्रतिनिधिहरुलाई संस्थाका उपाध्यक्ष सितादेवी सापकोटाले स्वागत र सचिब ज्ञानेन्द्रराज पन्तले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले सिवाईसी साकोस समुदायमा आधारित लोकप्रिय संस्था रहेको, सहकारी एकीकरण अभियानमा नमुना काम गरेको बताउँदै हाल सहकारी अभियानमा देखिएको अविश्वासको वाताबरणमा जनविश्वास कायम गर्न संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने औंल्याउनुभयो । उहाँले नेफ्स्कूनले पनि संस्थागत सुशासनमा जोड दिएको बताउनुभयो । अहिलेको परिस्थिति अनुसार रणनीतिक योजना तयार गर्न तथा कार्यान्वयन गरी सिवाईसी साकोस हरेक कोणबाट नमुना बन्न सुझाव दिनुभयो ।

कार्यक्रमको पहिलो दिनको संयोजकत्व मालिका सदस्य सेवाकेन्द्र उपसमिती संयोजक बलराम सापकोटाले गर्नुभएको थियो । त्यस्तै प्रतिवेदकमा काँडेबास सदस्य सेवाकेन्द्रका प्रमुख प्रेम बहादुर केसी, मुल्याङकनकर्ता नमुना स्वाभिमान सेवा केन्द्रका प्रमुख विपना पौडेल पाण्डे र मनोरञ्जनमा बगैंचा सेवाकेन्द्र ब्यवस्थापन समितिका  सहसंयोजक गिताकुमारी शर्मा रिजाल रहनुभएको थियो । गोष्ठीको पहिलो दिन ४ वर्षे वित्तीय रणनितीक योजना निर्माणका विभिन्न विषयबस्तुहरु उपर छलफल तथा टिपोट भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।