शुक्रबार, वैशाख २८
०१:११

'राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था' विषयक गोष्ठी

आईतबार, फागुन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङ, महिला परिचालन उपसमितिको आयोजनामा २०८० फागुन १८ गते, शुक्रबार 'राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था' विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । संघको सभाकक्ष बेलबारीमा सम्पन्न गोष्ठीमा सदस्य संस्थाका १ सय १८ जना महिला सञ्चालकको सक्रिय सहभागिता रहेको थियो ।

महिला परिचालन उपसमितिका संयोजक तथा संघकी उपाध्यक्ष सीता लामिछानेको सभापतित्वमा सम्पन्न गोष्ठीमा नेफ्स्कून सञ्चालक शालिकग्राम ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने संघका अध्यक्ष प्रेमप्रकाश कोइराला, बरिष्ठ उपाध्यक्ष एकराज निरौला, लेखा संयोजक वीना राई, सल्लाहकार हरिप्रसाद सुवेदी, जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बराल लगायतको आतिथ्यता रहेको थियो । अधिवत्ता सरिता अधिकारीले गोष्ठीको सहजीकरण गर्नुभएको थियो । 

गोष्ठी समापन सत्रमा नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा, नेफ्स्कून निवर्तमान सञ्चालक गोमा नेपाल, संघका सचिव जीवन बस्नेत लगायतको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी प्रमुख अतिथि, अतिथि लगायत सहभागीहरुलाई सञ्चालक मिना कार्कीले स्वागत गर्नुभएको थियो । कार्यक्रम संघकी सञ्चालक बालकुमारी लिम्बूले सञ्चालन गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।