बिहीबार, वैशाख २७
१०:३१

सिको साकोसमा 'बीडीएस हेल्प डेस्क' स्थापना

बुधबार, फागुन १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा नगरपालिका १, भुरीगाउँ बर्दियामा 'बीडीएस हेल्प डेस्क' स्थापना गरिएको छ । सिको साकोसको केन्द्रीय कार्यालयमा स्थापित उक्त डेस्कको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन पनि गरिएको छ । नेफ्स्कून र USAID Trade and Competitiveness बीचको साझेदारीमा कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा डेस्क स्थापना गरिएको हो ।आज आज एक कार्यक्रमका बीच व्यवसाय विकास सेवा BDS को प्राविधिक सहजीकरण समेत सम्पन्न गरिएको हो । 

संस्थाका कार्यवाहक अध्यक्ष उदय बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक समितिका सदस्यहरु, सिको जीविकोपार्जन क्लबका सदस्यहरु सहित व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहाल र USAID Trade and Competitiveness अन्तर्गत एक्सेस टु फाइनान्स कार्यक्रमका म्यानेजर सञ्जय झाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा व्यवसाय विकास सेवा डेस्क (BDS HelpDesk) को आवश्यकता, सञ्चालनको प्रक्रिया, कार्यक्रम लागू भएपछिको फाइदा लगायतका विषयमा सहभागीहरुलाई प्रष्ट पार्दै प्राप्त जिज्ञासाहरुको पनि सम्बोधन गरिएको थियो । 

सिको जीविकोपार्जन क्लबको नियमित बैठक हुने स्थानमा भएको कार्यक्रममा उपस्थित दिदिबहिनीहरुले आफूहरुसँग सीप, क्षमता, उत्पादन हुने तर सामानले उचित मूल्य नपाउने हुँदा बजारीकरणको व्यवस्था भए आफूहरु एकत्रित भएर काम गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष उदय बहादुर खत्रीले आगामी दिनमा सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि सम्बन्धित क्षेत्रसँग उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।