आईतबार, वैशाख ३०
०२:५४

मोरङको कञ्चनजंघा साकोस एक्सेस कार्यक्रममा आवद्ध

बुधबार, फागुन १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मोरङको रतुवामाई-९ भौडाहास्थित कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि.एक्सेस कार्यक्रममा आवद्ध भएको छ । साकोसको संस्थागत विकासलाई थप उचाइमा पुर्याउन एसियास्तरको गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी हुने निर्णय गरेको संस्थाले जनाएको छ । 

एक्सेस कार्यक्रम एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले २०६५ सालदेखि सञ्चालन गरेको सदस्य साकोसहरुको गुणस्तर सुनिश्चिता मापनसम्बन्धी एसियाली स्तरको प्रमाणीकरण तथा ब्राण्डिङ कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाइ तथा बृद्धि पक्ष गरी ४ फरक दृष्टिकोण अन्तर्गत संस्थाको गुणस्तर मापन गर्दछ ।

साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत तथा गैर-स्थलगत सहजीकरण सेवा उपलब्ध गराउँदै आएको छ । चारवटै दृष्टिकोणबाट संस्थाको गुणस्तर मापन परीक्षणमा सफल हुने साकोसहरुलाई अकूले एसियास्तरको गुणस्तर प्रमाणीकरण गर्दै आएको छ ।

साकोसको सञ्चालक समिति, व्यवस्थापन तथा नेफ्स्कूनका प्रतिनिधिहरुबीच आज भएको छलफलपछि एक्सेस स्तरीकरण कार्यक्रममा आवद्धताको सम्झौता भएको हो । सम्झौतापत्रमा साकोसका अध्यक्ष प्रकाश कार्की र नेफ्स्कूनका अनुगमन अधिकृत शौभाग्य भट्टराईले संस्थाका व्यवस्थापक युवराज सिग्देल तथा संघका व्यवसाय अधिकृत मुकेश दाहालको रोहवरमा हस्ताक्षर गर्नुभएको हो ।

सामुदायिक वित्तीय समाधानको लागि उत्कृष्ट व्यावसायिक सहकारीको परिकल्पना बोकेको कञ्चनजंघ साकोस २०५४ सालमा स्थापना भएको समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।