आईतबार, वैशाख ३०
०३:१९

क्यूमेल्सको पाँचौं एपिसोडको विषयवस्तु 'सदस्य सुरक्षा'

मंगलबार, फागुन १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनं) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको पाँचौं एपिसोडमा वित्तीय सहकारीहरुमा सदस्य सुरक्षाको संगीन विषयमा सिकाइ हुने भएको छ । आउँदो मार्च १, २०२४ अर्थात् फागुन १८ मा ठीक ११ बजे आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा यो पटक सदस्य सुरक्षाको विषयमा महत्वपूर्ण सिकाइ हुन लागेको हो । 

उक्त एपिसोडमा वित्तीय सहकारीहरुले सदस्य सुरक्षाका विषयमा के कस्ता काम कसरी गर्न सक्छन् भन्ने सन्दर्भमा इन्डोनेशियाको सफल वित्तीय सहकारी सावान सिवारुङका सल्लाहकार फादर फ्रेडीले प्रस्तुतिकरण गर्नुहुनेछ भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले भ्यालु एड गर्नुहुनेछ । स्मरणीय छ, २००६ सालमा दक्षिणी सुलावेशी राज्यमा स्थापना भएको सावान सिवारुङले त्यहाँका ७ वटा जिल्लाभरका करिब ४८ हजार १ सय बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

२०१७ मा एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गरेको सावान सिवारुङले २०१८ र २०१९ मा एक्सेस सिल्भर ब्राण्ड हासिल गर्न सफल भएको थियो भने सन् २०२३ मा एक्सेस् गोल्ड ब्राण्ड हासिल गरेको थियो । सावान सिवारुङ इन्डोनेसियाबाट एक्सेस ब्राण्ड प्राप्त गर्ने पहिलो क्रेडिट युनियन पनि हो । सदस्य सुरक्षाका क्षेत्रमा गरेका महत्वपूर्ण कामहरुका कारण सावान सिवारुङले इन्डोनेसियाली सरकार तथा अन्य विभिन्न निकायबाट समेत थुप्रै सम्मान पुरस्कार प्राप्त गरेको छ ।

नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले गत नोभेम्बरबाट क्यूमेल्स श्रृङ्खला सुरु गरेको हो । सहभागितात्मक विधिबाट सञ्चालन गरिने उक्त निःशुल्क कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन समेत गरिनेछ । वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ  उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले पहिलो पटक यस किसिमको श्रृङ्खला सुरु गरेको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) गरिएको हो ।

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।