शनिबार, वैशाख २९
११:४२

बाँकेमा ऋण परामर्श तालिम सम्पन्न

मंगलबार, फागुन १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बाँके । नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेको आयोजनामा फागुन १४ गते १ दिवसीय  ‘ऋण परामर्श तालिम’ सम्पन्न भएको छ । तालिममा लुम्बिनी प्रदेशको बाँके, बर्दिया जिल्ला र कर्णाली प्रदेशको मुगु जिल्लाका २७ वटा संघ संस्थाहरुबाट  १३ महिलासहित कुल ३५ जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम सुरुवातमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम शाहले तालिम सफलताको शुभकामना दिदैं अहिलेको विषम परिस्थितिमा सहकारी संघ संस्थाले ऋणी सदस्यहरुलाई नियमित भेटघाट र ताकेता गरी खराब ऋण असुलीलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । आजको समयमा ऋण परामर्श तालिम एकदमै आवश्यक रहेको र यसले सहकारीको अवस्था सुधारमा सकारात्मक परिवर्तन ल्याउने आशा ब्यक्त गर्नुभयो ।

संघका बाँके सदस्य सेवा कार्यालय ईन्चार्ज छत्र प्रसाद धमलाले सहकारी संस्थामा अहिलेको अवस्थालाई लिएर संघ संस्थाहरुले ऋण लागनी पूर्वा ऋणीको योग्यता विश्लेषण गरी आवश्यक कागजातहरु तयार गरी सुरक्षित ऋण लगानी गनुपर्ने बताउदै संघको तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो ।

तालिम सहजीकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठ तथा बाँके सदस्य सेवा कार्यालय इन्चार्ज छत्र प्रसाद धमलाले गर्नु भएको थियो । तालिमको संञ्चालन बाँके सदस्य सेवा कार्यालयका कार्यालय सहायक पुष्पराज तिमिल्सेनाले गनुभएको थियो । समय सान्दर्भिक तालिम आयोजना गरेर महत्वपूर्ण सिकाइ अवसर प्रदान गरेकोमा सहभागीहरुले संघलाई धन्यवाद दिदैं यस प्रकारका तालिम शिक्षाका कार्यहरुलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।