सोमबार, वैशाख १७
०५:५८

स्वस्थ्य साकोस सञ्चालनका लागि कोषको सही व्यवस्थापन आवश्यक

शुक्रबार, फागुन ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय गोंगबुको आयोजनामा आज कोष व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा २६ बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जनाको सहभागिता थियो। तालिममा कोषको परिचय, कोषहरूको महत्व र उपयोगिता, कोष परिचालन नीति, खर्च हुने र नहुने कोषहरू, सहकारी ऐन २०७४ र नियमावली २०७५ को ब्यवस्था अनुसार कोषहरु बाँडफाँड गर्ने तरिका, संस्थागत पुँजी, खुद संस्थागत पुँजी लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रम समापनमा नेफ्स्कूनका सञ्चालक सदस्य सुशिल कुमार बस्न्यातले कोष संस्थाको मुटु भएको बताउँदै स्वस्थ्य संस्था सञ्चालनका लागि कोषको सही व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । समापनमा सहभागीहरुलाई उत्प्रेरणाका लागि नेफ्स्कून सञ्चालक देव कुमार श्रेष्ठको पनि उपस्थिति थियो। नेफ्स्कून तालिम अधिकृत श्याम राजा तिमिल्सिनाले सहजीकरण गर्नुभएको तालिमको व्यवस्थापन तथा सञ्चालन सहजीकरण नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालय प्रमुख राधा पौडेल सहित व्यवस्थापन कर्मचारीहरुबाट भएको थियो।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र