शनिबार, वैशाख २२
०८:५७

विद्यालयमा वित्तीय साक्षरता अभियानमा नवदुर्गा भवानी साकोस

आईतबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भरतपुर ४,फागुन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका बिभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यामिक विद्यालय, श्री राष्ट्रीय मावि तोरीखेत पछि फागुन ४ गते भरतपुर ६,अवस्थित श्री मा.वि. इन्द्रपुरी का ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा ९० जना विद्यार्थी सहभागी थिए ।

नवदुर्गा भवानीले अभियानका रुपमा विद्यालयस्तरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम साकोसको कार्यक्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरुमा संचालन गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरताको ज्ञान सानैदेखि दिदै लैजाने उद्देश्य लिएको संस्थाका सचिव रामकृष्ण पौडेलले बताउनुभयो । त्यस्तै, संस्थाकी  उपाध्यक्ष संझना शर्माले पनि स्कूल स्कूलमा वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रूपमा लैजाने धारणा राख्नुभयो । उहाँले कार्यक्रको महत्वबारे पनि बताउनुभएको थियो ।

उक्त विद्यालयकी प्रधानाध्यापक शान्ती अधिकारी तथा शिक्षक प्रतिनिधि बिकाश बिकल सापकोटाले यस्तो वित्तीय साक्षरता कार्यक्रम विद्यालयस्तरमा एकदम उपयुत्त रहेको र नवदुर्गा भवानी साकोसले यस्तो कार्यक्रम शिक्षण स्थामा संचालन गरेकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई संस्थाका सचिव रामकृष्ण पौडेल र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरताबारे सहजीकरण गर्नुभएको थियो । वित्तीय साक्षरता कार्यक्रममा श्री मावि इन्द्रपुरीका सम्पुर्ण शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरूको समेत सहभागिता थियो । कार्यक्रम संचालन झलक प्रसाद सिग्देलले गर्नुभएको थियो ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।