शनिबार, वैशाख २२
०८:५८

विषहारामाई साकोसका सदस्यलाई वित्तीय साक्षरता तालिम

आईतबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । महोत्तरीको औरहीस्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लि. ले फागुन ५ गते शनिबार सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । औरही नगरपालिका २ चेपकटका सदस्यहरूलाई केन्द्रित गरी स्थानीय जनहबी आधारभूत विद्यालयमा आयोजित तालिममा ५० जना भन्दा बढी सेयर सदस्यको सहभागिता रहेको थियो।

बिहान ११ बजेदेखि ३ बजेसम्म भएको तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता, सिद्धान्त, बचत, ऋण, वित्तीय साक्षरता, सहकारी र बैंक बीच फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण शाह, व्यवस्थापक दिनेश कुमार यादव र रामबली मण्डलले सहजीकरण गर्नुभएको थियो । तालिममा केही सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा वित्तीय शिक्षासम्बन्धी आफ्नो अनुभवन पनि सुनाउनुभएको थियो ।

औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादवले उद्घाटन गर्नुभएको सो तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, लेखा सुपरिवेक्षण समिति सदस्य रिना कुमारी यादव, कोषाध्यक्ष रुवि कुमारी झा, वडा नम्बर २ का वडा सदस्य संजय यादव लगायतको उपस्थिति थियो।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।