शनिबार, वैशाख २२
०९:३९

रौतहटको नवविकास साकोसद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना

आईतबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रौतहट । चन्द्रपुर नगरपालिकास्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लि.ले कक्षा ११ र १२ स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । २०८० फागुन ४ गते आयोजित हाजिरी जवाफ प्रतियोगितामा सुबलाल भागवत माध्यमिक विद्यालय, मुन लाइट एकेडेमी, बागमती माध्यमिक विध्यालय, श्री माध्यमिक विद्यालय जुडिवेला, जनशक्ति माध्यमिक विद्यालय र बाल निकेतन आवासीय विद्यालयको सहभागिता थियो ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुवलाल भागवत माध्यमिक विद्यालय (रामजी मुखिया, नवीन यादव, दिपक राउत), द्धितिय स्थान हासिल गर्ने मुन लाइट एकेडेमी (शिवानी जैसवाल, सिजन कलवार, संयोग सुवेदी) र तृतीय स्थान हासिल गर्ने श्री माध्यामिक विद्यालय जुडिवेला (रक्तिमा घिमिरे, रोजिना खड्का, बुद्ध ध्यावा) रहेका थिए ।  

नव विकास बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत आफ्नो प्रभाव र पहिचान बिस्तार गर्दै आएको छ । वित्तीय स्वास्थ्यताका सूचकहरु सबल रहेको संस्थाले सीएसआरका कार्यक्रममा रणनीतिक जोड दिदैं संस्थाप्रतिको समुदायको विश्वास बढाउँदै लगेको छ । गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आवद्ध भई विगतमा ब्राण्डसमेत प्राप्त गरेको साकोसले अन्य थुप्रै सम्मान तथा पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।