शनिबार, वैशाख २२
०२:४२

'साकोस अध्यक्ष गोष्ठी' द्वारा सात बुँदे प्रतिबद्धता जारी

शनिबार, फागुन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले आयोजना गरेको साकोस अध्यक्ष गोष्ठी २०८० सात बुँदे प्रतिबद्धता जारी गर्दै आज सम्पन्न भएको छ । गोष्ठीले ललितपुर जिल्लाको साकोस अभियानलाई दिगो एवं सुरक्षित राख्न प्रत्येक सहकारी संस्थामा संस्थागत सुशासन कायम गर्न अध्यक्षको गहन भूमिकालाई अर्थपूर्ण रुपमा लिएको छ । “साकोसमा अध्यक्षको भूमिका सुशासन, दिगो र जवाफदेहिता” भन्ने मूल विषयवस्तुमा आधारित भई फागुन ४ र ५ गते भक्तपुरमा आयोजित “साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर” द्वारा साकोसका अध्यक्षहरुको साझा प्रतिबद्धता जारी भएको छ ।

गोष्ठीको साझा प्रतिबद्धता

  1. सहकारीमार्फत राष्ट्रिय पुँजी निर्माणमा भएको योगदानको पहिचान कायम गर्दै अभियानलाई सुदृढ एवं दिगो राख्न संस्थागत गतिविधिहरुको नियमित प्रकाशन मार्फत व्यक्तिगत एवं संस्थागत वित्तीय अनुशासन कायम राख्ने ।
  2. सहकारीमा सकारात्मक नेतृत्व शैली स्थापित गरी सफल सहकारी संस्था निर्माण गर्न संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नेछौं ।
  3. सहकारी संस्थाको समग्र विकास र प्रबद्र्धनमा अध्यक्षको भूमिकालाई आत्मसाथ गर्दै संस्थागत जोखिम व्यवस्थापनका लागि उक्त भूमिका पूर्ण रुपमा निर्वाह गर्न प्रतिबद्ध छौं ।
  4. वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको संकट सामनाका लागि समग्र अभियानलाई सुव्यवस्थित रुपमा दिशानिर्देश गर्न व्यक्तिगत एवं संस्थागत रुपमा सकारात्मक रुपान्तरणका लागि तयार छौं ।
  5. सुदृढ सहकारी अभियानको निर्माणमा कानुनको परिपालनालाई महत्वपूर्ण कडीको रुपमा आत्मसाथ गर्दै कानुनी अनुपालनामा शुन्य सहनशीलताको निती अबलम्बन गर्न तयार छौं ।
  6. नियमित रुपमा सहकारी संस्थाको वित्तीय विश्लेषण र स्वमूल्यांकन गरी सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी व्यवस्थापन गर्न संचालक समिति र व्यवस्थापनलाई पूर्ण रुपमा जवाफदेही बनाउन प्रतिबद्ध छौं ।
  7. सुरक्षित र दिगो वित्तीय पहुँच अभिवृद्धि मार्फत सदस्यको आर्थिक एवं सामाजिक जिवनस्तर अभिवृद्धि गर्न आवश्यकताका आधारमा सेवामा विविधिकरण गर्दै लैजान प्रतिबद्ध छौं ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।