शनिबार, वैशाख २२
१२:१२

ऋण असुली न्यायाधिकरण र कालो सूची तत्काल व्यवस्था गरिनुपर्छः नेफ्स्कून अध्यक्ष ढकाल

शुक्रबार, फागुन ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा अहिले समस्या परेको बताउनुभएको छ । उहाँले सहकारीले गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भएको भन्दै त्यसका लागि राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘साकोस अध्यक्षहरुको गोष्ठीमा बोल्दै अध्यक्ष ढकालले सहकारीका समस्यामा राज्य पनि जिम्मेवार हुनु पर्ने र नीतिगत तथा संरचनागत व्यवस्था गरिदिए सहकारीका समस्या हल गर्न सकिने स्पष्ट पार्नुभयो । सहकारीमा शुसासन र शुद्धिकरण कुरा उठेको भए पनि त्यसको कार्यान्वयन आफैबाट सुरु गर्नुपर्ने उहाँको धारणा थियो ।  सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मूल्याङकन राज्यले गर्नु पर्नेमा उहाँको भनाइ थियो । 

सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको भन्दै उहाँले त्यसका लागि समय लाग्ने बताउनुभयो । कोभिड महामारीका बीचमा पनि सहकारीले घर घरमा गएर सदस्यहरुलाई सेवा प्रवाह गरेको कुरा राज्यले बिर्सन नहुने अध्यक्ष ढकालले बताउनुभयो । सहकारीमा सुधारको  विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नु पर्ने उहाँले उल्लेख गर्नुभयो ।

तहगत र संरचनागत समस्या सहकारीमा रहेको र को कहाँ रहने भनेर छलफल गरेर अघि बढ्नु पर्ने उहाँको भनाइ थियो । एउटा प्रारम्भिक सहकारी संस्था जिल्ला, प्रदेश र केन्द्रीय संघमा आवद्ध हुनुपर्ने तर संघहरुले सदस्यको हितका लागि काम गर्न नसक्दा वितृष्णा बढेर गएको भन्दै अध्यक्ष ढकालले सदस्य संस्थाको विकास र प्रवर्धनमा सबैले काम गर्नु पर्ने बताउनुभयो । 

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा गोष्ठी शुभारम्भ भएको हो । कार्यक्रमकी प्रमुख अतिथि मल्लले संस्थाहरुले सदस्यको मन जित्न नसकेसम्म सहकारीको समस्या तत्काल समाधान गर्न नसकिने बताउनुभयो ।  सदस्यको मन जित्न संस्थाहरुले सहकारी शिक्षाका साथै सदस्यसँग जोडिएर अगाडी बढ्नुपर्ने उहाँको भनाइ थियो । अहिलेको आवश्यकता ऋण असुली न्यायधिकरण भएको र समयमा ऋण असुली नहुँदा सदस्यले मागको बेलामा बचत फिर्ता गर्न नसकेको उहाँको भनाइ थियो । आगामी चैत्र मसान्तभित्र ऋण असुली न्यायधिकरण गठन हुने समेत उहाँले जानकारी गराउनुभयो । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास घटेको उहाँले सुनाउनुभयो । मुुलकको ५० जिल्लाको सहकारीमा कुनै समस्या नभएको र ५ सय  जति सहकारीमा  समस्या आए पनि त्यसको प्रभाव सिगों अभियानमा परेको मल्लको धारणा थियो । 

 सहकारी ऐन संसोधनका लागि महासंघ अगाडी बढेको र त्यसका लागि राजनितिक नेतृत्वसँग छलफल अगाडी बढाएको उहाँले जानकारी गराउनुभयो । सहकारीका समस्या समाधानमा सबै एकजुट हुनुपर्ने र सहकारीको बोर्ड राखेर बचत संकलना गर्ने थलो बनाएकाहरुलाई भने बहिष्कार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उदेश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । अध्यक्षहरु मर्यादित, अनुशासित र जवाफदेही हुन सके सहकारीमा समस्या नआउने उहाँले बताउनुभयो । सहकारी संस्थामा समस्या आएपछि कतिपय संस्थाका अध्यक्षहरु पन्छिने गरेको भन्दै उहाँले संस्थामा अध्यक्ष नै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष जति क्रियशिल हुन्छ , त्यति नै संस्था चलायमान हुने भन्दै उनले त्यसका लागि गोष्ठीले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  नगरकोटको रत्नागिरी होटलमा आजबाट सुरु भएको गोष्ठी दुई दिनसम्म चल्ने छ । गोष्ठीमा एक सहकारी संस्थाको अध्यक्षहरुको सहभागिता छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।