मंगलबार, जेठ १
०१:३३

सञ्चालक समितिले सही नेतृत्व गरे सहकारी सक्षम बन्छः नेफ्स्कून कोषाध्यक्ष थापा

शुक्रबार, फागुन ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काभ्रे । बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेपलाञ्चोकको आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा संस्थाको नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् नवगठित उपसमितिहरुको लागि 'नेतृत्व क्षमता विकास तालिम' बेथानचोकस्थित गणेशथानमा सम्पन्न भएको छ ।

२७ जना सहभागी तालिममा सहकारी मूल्य, मान्यता सिद्धान्त, सहकारी व्यवसायको विकास विस्तारमा सञ्चालक समितिको काम, कर्तव्य, अधिकार, सहकारी दिगोपाना र सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका, सहकारी विकासमा सञ्जालको भूमिका लगायत विषयमा समूह छलफल, मस्तिष्क मन्थन, प्रश्नत्तोर आदि विधिबाट सहजीकरण गरिएको थियो ।  

फागुन २ र ३ गते सञ्चालित तालिमको समापनमा बेथानचोक गाउँपालिका वडा नं ४ का अध्यक्ष कृष्णबहादुर लामाले बेथानचोक साकोसले समुदायको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण विगतमा पालिका तथा वडाबाट आवश्यक सहयोग भएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने कुरा राख्नुभयो ।

समापन कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले हाल सहकारीहरुमा देखिएको समस्या समाधानका लागि संस्थाहरु सुशासनमा चल्नु पर्ने, निति विधिमा चल्नु पर्ने बताउनुभयो । यसैगरी, उहाँले संचालक समिति सहकारीको नेत्तृत्वकर्ताहरुको समूह भएको भन्दै संचालक समितिले सही तरिकाले नेतृत्व लिन सके संस्था सक्षम बन्ने धारण राख्नुभयो । 

सहकारीमा हुने जोखिम न्यूनीकरणका लागि नेतृत्वले सधै कर्मचारीहरुको विश्वास गर्दै सबै कार्यहरु निति नियम संगत संचालन भएको छ भन्ने कुरामा विश्वस्त पनि हुनुपर्ने कोषाध्यक्ष थापाले बताउनुभयो । साकोस भनेको मुख्य गरी वित्तीय कारोबार गर्ने संस्था भएकाले यसको हरेक कारोबार पारदर्शी हुनुपर्ने कुरामा समेत जोड दिदै आफु भर्खरै नेफ्स्कूनको संचालक समितिमा निर्वाचित भएको र आफ्नो कार्यकालमा साकोस अभियानलाई मजबुद बनाउन निष्पक्ष र पारदर्शी कार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कोषाध्यक्ष थापाले नेफ्स्कूनले सम्पूर्ण प्रकृतिका सहकारीहरुको क्षमता विकासमा सहयोग गर्ने उद्देश्यले विकास गरेको आधारशिला कार्यक्रममा आवद्धताका लागि पहल गर्न वडा अध्यक्षमार्फत ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा नेफ्स्कूनको कोषाध्यक्षको रुपमा कार्यकाल सफलताको शुभकामनासहित उहाँलाई बधाइ पत्र प्रदान गरिएको थियो ।

यसैगरी सहभागी तथा संस्थाकी अध्यक्ष अम्विका थापा मगरले तालिम एकदमै प्रभावकारी रहेको र यसलाई आगामी दिनमा संस्थामा प्रयोग गदै लैजाने कुरा राख्नुहुदै तालिमको व्यवस्थापनका लागि  नेफ्स्कूनप्रति कृतज्ञता व्यक्त गर्नुभयो । 

त्यस्तै, नेफ्स्कून सदस्य सेवा केन्द्र बनेपाका प्रमुख राम सापकोटाले साकोसको नवनिर्वाचित संचालक समितिलाई बधाई तथा शुभकामना राख्दै नेफ्स्कूनबाट आगामी दिनमा पनि निरन्तर सहयोग रहिरहने बताउनुभयो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सिनाले गर्नु भएको थियो । तालिमबाट सहकारी सञ्चालनका तौर तरिका, सञ्चालक समितिको काम, कर्तव्य अधिकारबारे राम्रो बुझाइ भएको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।