शनिबार, जेठ ५
०६:२६

भोलि शुरु हुँदै साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर

बिहीबार, फागुन ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी क्षेत्रका समसामयिक विषयवस्तुबारे विज्ञ विचारहरु बुझ्ने त्यसमा आफ्नो महत्वपूर्ण इनपुट प्रदान गर्ने र तीनलाई एकीकृत गरी साझा धारणामार्फत अघि बढ्न प्रत्यक्ष सहयोग पुग्ने गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले साकोस अध्यक्ष गोष्ठी २०८० आयोजना गरेको छ । भोलि अर्थात् २०८० फागुन ४ र ५ गते नगरकोटमा आयोजना हुने आवासीय गोष्ठीको तयारी सबै पूरा भएको संघले जनाएको छ ।

संघका अध्यक्ष रामहरि बजगाईले सहकारी क्षेत्रमा अहिले देखिएको समस्याको समाधानको दायित्व संघको भएकाले संस्थाका अध्यक्षहरुलाई जवाफदेही बनाउँदै समस्या समाधानमा सघाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो ।  संस्था सुशासित बनाउन मुख्य नेतृत्वको अहम् भूमिका हुने भएकाले अध्यक्षहरुको लागि लक्षित गरी गोष्ठी आयोजना गरिएको उहाँले बताउनुभयो । अध्यक्षको लीडरशीपले संस्थालाई गाइड गर्ने भएकाले संस्थामा अध्यक्षको प्रभावकारी भूमिका हुनुपर्छ र त्यसका लागि ज्ञान, सीप र क्षमता चाहिन्छ, त्यहि कुरा सिकाउनु गोष्ठीको उद्देश्य भएको अध्यक्ष बजगाईले बताउनुभयो । 

अध्यक्षहरुको क्षमता अभिवृद्धि गरी जवाफदेही बनाउनु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । गोष्ठीले जिल्लामा मात्र नभई देशभर नै सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा बचत संघको रहेको छ । संस्था र अभियानलाई बलियो, दीगो र सुरक्षित बनाउन समेत गोष्ठीले सघाउ पुर्याउनेछ । त्यसका साथै सहकारीप्रति आम विश्वासको बातावरण सृजना गर्न समेत टेवा पुग्नेछ । संघको साधारणसभाले नै अध्यक्ष, सीइओ र कोषाध्यक्षको छुट्टाछुट्टै गोष्ठी गर्ने निर्णय पारित गरेको र सोही अनुसार अध्यक्षहरुको गोष्ठी हुन लागेको हो । संघको नीति तथा कार्यक्रममा समेत ती कुरा उल्लेख रहेका छन् । 

सहकारीको लागि उर्वर भूमि मानिएको ललितपुरमा ५ सय १९ वटा बचत तथा ऋण सहकारीमध्ये ४सय ८२ संस्था संघमा आवद्ध छन् । 

सहकारी क्षेत्रमा संकटको विद्यमान अवस्थामा शिक्षा, तालिम र जानकारीमार्फतबाटै सुधार ल्याउन सकिने र सम्भावित जोखिमहरु नियन्त्रण गर्न सकिने भएकाले संस्थाको जिम्मेवार व्यक्तिलाई थप जिम्मेवार बनाउँदै अघि बढ्न प्रेरित गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बचत संघले जनाएको छ । यस्तो परिस्थितिमा अध्यक्षको भूमिका बढी प्रभावकारी हुनुपर्ने र अध्यक्ष संस्थाको अभिभावक भएकाले संस्था कसरी सञ्चालन भएको छ रु नीति र विधिमा सञ्चालन भएको छ कि छैन रु संस्था सञ्चालनका लागि कस्तो कार्यविधि बनाउनुपर्छ र अध्यक्षको भूमिका के हुन्छ भन्ने कुरा गोष्ठीमा सिकाइने जनाइएको छ ।संस्थाहरुलाई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लगाउनुपर्छ, भिजनरी अध्यक्ष हुनुपर्छ, ऐन नियममा के व्यवस्था छ भनेर त्यसको अध्ययन गर्नुपर्छ, कानुनमा उल्लेख भएको कुरा थाहा छैन भन्न पाईंदैन भन्ने विषयमा समेत छलफल गरिने कार्यक्रम रहेको छ । 

गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व राजदूत एवं मोटिभेटर महेश दाहाल, सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय, सहकारी क्षेत्रको कानुनी जटिलता के छ र सदस्यहरुले कसरी न्याय पाउँछन् भन्ने विषयमा केन्द्रिय अनुसन्धान ब्यूरो९सिआइबी०का प्रतिनिधिले प्रस्तुतिकरण गर्नेछन् । वित्तीय सहकारीको जोखिम के छ रु जोखिमलाई कसरी न्यूनिकककरण गर्न सकिन्छ भनेर सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाईंले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ ।

त्यसैगरी, सहकारी कसरी सबल हुन्छ र त्यसका लागि कसरी सञ्चालन हुुनुपर्छ भन्ने विषयमा चन्द्रागिरि साकोसका सिइओ कृष्णकुमार श्रेष्ठ र सहकारीको समस्या समाधानमा जिल्ला प्रशासन कार्यालयले कसरी सघाउँछ भनेर ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले प्रस्तुतिकरण गर्नुहुनेछ । त्यसले गर्दा गोष्ठी उपलब्धिमूलक हुने बताइएको छ । 

ललितपुरबाट नै साकोस समिट शुरु भएको र त्यसको अनुशरण अन्य जिल्लाका बचत संघहरुले पनि गरेको अध्यक्ष बजगाईले बताउनुभयो । गोष्ठीले  सुशासित, पारदर्शी र जवाफदेहीपूर्ण संस्था बनाउन भूमिका खेल्न संस्थाको अध्यक्ष नै बढी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिने भएकाले गोष्ठी सफल हुने विश्वास आयोजक संघले लिएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।