शुक्रबार, वैशाख २८
०१:१३

नेफ्स्कून र बागमती प्रोस्कूनबीच सहकार्यका क्षेत्र र मोडालिटीमा छलफल

बुधबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारीको सञ्जाल व्यवस्थापनलाई मुख्य रणनीतिक मार्गचित्रको रुपमा जोड दिदै आएको नेफ्स्कूनले बागमती प्रोस्कूनसँगको सहकार्यको क्षेत्र र मोडालिटीका विषयमा आज प्रारम्भिक छलफल गरेको छ ।
‘बचत ऋण सहकारी अभियानको सञ्जाल व्यवस्थापनमा यो एउटा महत्वपूर्ण सुरुवात हुनेछ,’ नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले आजको सघन छलफलपछि प्रतिक्रिया व्यक्त गर्नुभयो । 

बचत तथा ऋण सहकारीहरुको एकीकृत तथा दिगो सञ्जाल व्यवस्थापनका लागि पछिल्लो पटक बागमती प्रोस्कूनसँग सहकार्यात्मक सहयात्रा तय गर्ने गरी मोडालिटीमा छलफल भएको हो । दुबै संघका अध्यक्षहरु, बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्का तथा दुबै संघका प्रमुख कार्यकारी अधिकृतहरुबीच आज नेफ्स्कून केन्द्रीय कार्यालयम यस विषयमा सौहार्दपूर्ण छलफल भएको हो ।  

नेफ्स्कूनका अध्यक्ष ढकालले भन्नुभयोे, ‘आजको छलफलमा नेफ्स्कून र बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृतहरुले पर्याप्त गृहकार्य गरी सहकार्यको मोडालिटीलाई अन्तिम रुप दिने र त्यसअनुसार पहिलो चरणमा बागमती प्रोस्कूनबाट पारित गराउने जसलाई नेफ्स्कूनले अनुमोदन गरेपछि दुबै संघका अध्यक्षहरुमार्फत सामूहिक रोहवरमा बागमती प्रोस्कूनसँगको सहकार्यको मोडल सार्वजनिक गरिनेछ ।’ त्यसकै आधारमा सहकार्य अघि बढ्ने विषय आजको छलफलको निचोड भएकोले त्यसै अनुरुप आगामी सहयात्रा तय हुने दुबै संघका अध्यक्षले बताउनुभयो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले विगत लामो समयदेखि जिल्ला र प्रदेश संघहरुसँग साझेदारी मोडल अनुसार सहकार्य गर्दै आएको स्मरण गराउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘पछिल्लो पटक बागमती प्रोस्कूनसँग पनि समान मोडालिटीका आधारमा सहकार्यको विषयमा छलफल भएको हो ।’

नेफ्स्कूनका अध्यक्ष ढकालले नीतिगत सर्वोच्चता र कार्यगत स्वायत्तताका आधारमा क्षमता अनुरुप जोकोहीले पनि नेफ्स्कूनले विकास गरेका गुणस्तर सुनिश्चिताका कार्यक्रमहरु, तालिम लगायतका स्रोत सामाग्रीहरु उपयोग तथा सञ्चालन गर्न सक्ने गरी कुरा अघि बढेको जानकारी गराउनुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकार्य अन्तर्गत विषयगत केन्द्रीय संघमार्फत सबै श्रोत सामाग्रीहरु निर्माण हुने र त्यसमा प्रदेशको विज्ञताको पनि पूर्ण उपयोग गरिने बताउनुभयो । प्रदेश र जिल्ला संघहरुमार्फत नेफ्स्कूनले निर्माण गरेका श्रोत सामाग्रीहरु नै देशभर प्रवाह गरिने जानकारी प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कूनका स्रोत सामाग्रीहरु साकोसका संघहरुका लागि ओपन सोर्सको रुपमा रहेनछन् ।’

सहकार्यको मोडालिटीमा प्रदेश सरकारले स्वीकृति प्रदान गरेको बागमती प्रदेशको स्तरीकरण कार्यक्रमलाई नेफ्स्कूनले अपनत्व लिने र देशभर नै केन्द्रीय संघमार्फत लगिने पनि नेफ्स्कूनका सिईओ डा. सापकोटाले बताउनुभयो । 

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले प्रदेश संघले विकास गरेका 'रिर्सोस' हरु नेफ्स्कूनलाई हस्तान्तरण गरिने बताउनुभयो । साकोस अभियानको सम्पत्तिको रुपमा रहेको प्रदेशका स्रोत सामाग्रीहरुलाई देशभर पुर्याउने काममा केन्द्रीय तहमा नेफ्स्कूनले भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका सबै कार्यक्रमहरु प्रवर्धन र सञ्चालन गर्ने काममा लागि मोडालिटी तयार गर्ने गरी अब काम अघि बढ्ने उहाँले बताउनुभयो ।  

यसले सहकारी क्षेत्रमा विद्यमान समस्या समाधानमा पनि सहयोग पुग्ने विश्वास बागमती प्रोस्कूनका अध्यक्ष सापकोटाले व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको शुद्धीकरण, सुशासनसँगै जोखिम व्यवस्थापनका लागि पनि यो मार्ग उपयुक्त हुने दुबै संघले जनाएका छन् ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।