सोमबार, असार ४
०१:५४

किन गलत भाष्य निर्माण गरिदैछ सहकारीको ?

बुधबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

आज आम मानिस र सरकारको चासोको विषय बनेको सहकारी, के साच्चै प्रचार प्रसारमा आए जस्तै ठग नै हो त ? ६५ वर्ष अघिबाट हर घर घरको दुःख सुखको सहयात्री बनेको सहकारी अभियान विगत दुई वर्ष अगाडिबाट मात्रै किन बद्नाम हुन थालेको होला ? के सबै सहकारी संस्थाहरु ठग्न र लुट्नको लागि नै स्थापना भएका थिए त ? शायद पक्कै पनि यस्तो होइन होला । समस्या र जटिलताहरु नभएको त्यस्तो कुनै क्षेत्र छ र ? रामराज्य कहीतकै छ त ? राजनीति, प्रशासन, न्याय, स्वास्थ्य, नीजि आदि सबै क्षेत्रमा कही न कही के न केही समस्या र असमन्जस्यताहरु रहेका छन् । तर पछिल्लो समय घरघरको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको सरल र सहज माध्यम बनेको सहकारी क्षेत्र बदनाम हुन पुगेको छ । के यत्तिको बदनाम हुनु/गर्नु जरुरी थियो त ? के यो प्रचारबाजीबाट आम मानिसले आर्थिक र सामाजिकरुपमा सुरक्षित महशुस गरी लाभ लिए त ?

यी र यस्ता विषयहरु आज चर्चा र बहसमा छन् । त्यसो भए सहकारीमा यसरी विकराल समस्या किन आयो त ? यो सबैले बुझ्नु र विलेश्षण गर्नु पर्ने विषय भएको छ । विश्लेषणको मुलभूत सारलाई लिने हो भने यसमा हामी राज्य र नागरिक दुवै पक्ष जिम्मेवार र दोषी छौ । सहकारी दर्तादेखि कानुन निर्माणसम्म राज्यका कमजोरीहरु देखिन्छन् भने आम नागरिकको बचतको जिम्मेवारी लिएर कानुनतः संस्था संचालनमा संचालकहरु कमजोर र दोषी रहेका देखिन्छन् । राज्यले बेला बेलामा विना विश्लेषण, अवश्थाको विचारै नगरी लागु गर्ने नियम कानुनको कारण पनि आम मानिस लगाएत संस्थाहरु अप्ठेरोमा परेका देखिन्छन् । कमजोरी र दोषहरु समय सापेक्ष सबैले सुधार्दै र सच्याउँदै जानु हाम्रो कर्तब्य हो । 

सहकारीमा समस्या सृजना हुनुमा निम्न कारणहरु हुन सक्दछन्:
१. मनमौजी संचालकहरु: सहकारी संस्थाहरुका संचालकहरुले आफ्नो जिम्मेवारी र कर्तब्यलाई भूलेर आफु खुशी काम, क्रियाक्लापहरु संचालन गर्दा पहिलो नम्बरमा समस्या शुरु भएको महशुस गर्न सकिन्छ । 

२. ऋणीसदस्यले समयमा ऋण नतिर्नुः केहि ऋणी सदस्यहरुले साँच्चिकै समस्या परेर नै ऋण तिर्न सकेका छैनन् भने धेरै सदस्यले सहकारीलाई हेपेर, के नै गर्न सक्छर ? संस्थालाई त्यत्तिकै कुरा गरेको भरमा नै १–२ वर्ष त हल्लाईदिई हाल्छु नी...बरु संस्था डुब्न लागेको हल्ला फैलाईदिऊ...न ऋण नै तिर्नु पर्दैन की, पछि देखा जएगा... आदि भनेर बैंकको ऋणको साँवा ब्याज जसरी नी तिर्ने तर सहकारीको भने सडकमा कार चढेर फुर्ती लाएर हिडे पनि लाज पचाएर हेपेर समयमा ऋण नतिर्ने प्रबृतिले गर्दा पनि सहकारीलाई समस्यामा धकेल्दै लगेको हो । 

३. समय सापेक्ष कानुन निर्माणको अभाव र सरकारी वेवास्ताः सहकारी मैत्री, अभियानलाई परिस्कृत गर्ने ढंगबाट कानुनको निमार्ण र कार्ययोजना नबन्नु पनि समस्या निम्त्याउँने माध्यम बनेको छ । समयमा सहकारी ऐन २०७४ ले तोके बमोजिमका कानुनलाई कार्यान्वयनमा ल्याउन नसक्नु । जस्तोकी, कर्जा सुचना केन्द्रको स्थापना, कर्जा असुली न्याधिकरण गठन आदि र सरकार सहकारी प्रति अनादर भै एक सदस्य एक सहकारी जस्ता सहकारी र सहकारीतालाई संकुचित पार्ने जस्ता ऐन नियम बनाई खुम्च्याउन क्रियाशिल रहेको देखिन्छ । जसको कारण कुनै समयमा केहि सहकारी संस्थाहरुको मात्र एकाधिकार बढ्न गई सदस्य स्वतन्त्रता समाप्त हुने खतरा बढ्न सक्छ । बरु यसको सट्टा सरकारले कर्जा सुचना केन्द्रलाई अनिवार्य लागु गरि सदस्य स्वतन्त्रतालाई खुल्ला छोडिदिएको भए, संस्था छनौट देखि ऋण लगानीमा संस्था र सदस्य दुवैको समान पहुँच रहि कर्जा र संस्था दुरुपयोग नियन्त्रणमा सघाउँ पुग्ने थियो की !    

४. सन्दर्भ ब्याजदरः सरकारले २०७५/०७६ देखि सहकारीलाई बाध्यात्मक सन्र्दभ ब्याजदर लागु ग¥यो जसको कारणले गर्दा प्रतिस्पर्धात्मक बजारमा समय सापेक्ष स्वचालित ब्याजदर लागु हुन पाएन, सहकारीहरु साँघुरो घेरामा बाँधिए भने बैंकहरुले आर्थिक संकुचनको बेलामा सहकारीको भन्दा बढि ब्याज दिएर बचतहरु आफु तर्फ खिचे भने यहि बेलामा केहि सहकारी संस्थाहरुले सन्दर्भ ब्याजदर र यसको दायरालाई नाघेर अधिक ब्याजदरमा बचत रोक्ने वा खिच्ने काम गर्न थाले जसको प्रभाव स्वरुप देशमै आएको आर्थिक मन्दिको कारण केहि समय पछाडी नै केहि सहकारी संस्थाहरुमा बचत फिर्ताको दबाव बढ्न थाल्यो फलस्वरुप ति संस्था समस्यामा देखिन थाले ।  

५. प्रचार, प्रसार र समाचारः सहकारीका समस्याहरुलाई यसरी प्रचार प्रसार र समाचारको हेडलाइन बनाइन्छ की, अब सबै सहकारी संस्थाहरु डुब्छन्, सबै भाग्छन् । जसको कारण आम मानिसमा अधिक डर त्रास सृजना हुन्छ र आवश्यता नभएपनि सबै सदस्य बचत फिर्ता लिन लाइनमा लाग्छन् । यस्तो अवस्थामा सहकारीहरुले सबैको बचत एकमुष्ट वा मागेको समयमा फिर्ता गर्न सक्दैनन र अनन्त दबाव थेग्न नसकेर भाग्ने र लुक्ने अवस्थामा पुग्छन् । विगतमा पनि यस्तो घटना भएका छन् । यद्यपि, उनीहरुले जतिसुकै ब्याजदरमा बचत संकलन गरेको भए पनि बचत कर्ताको पैसा खाउँला, वा भागौला भनेर पक्कै पनि बचत संकलन गरेका थिएनन् र होइनन् होला ।

६.तरलता ब्यबस्थापन र बचत संकट समस्याः शायद तरलता ब्यबस्थापन पनि एउटा समस्या हुन सक्छ तर यो मात्रै सबै चाहि होइन । किनकी मानौ कुनै राम्रो सहकारी संस्था वा बैंकले नियमानुसार तरलता १५/२०% नै मेन्टेन गरेको छ र बाँकी बचत नियमानुसार नै लगानी पनि गरेको छ तर विविध कारणले बचतकर्ताहरु आतंकित भएर एकमुष्ठ आफ्नो बचत फिर्ता लिन आउँनु भयो भने, त्यो संस्था वा बैंकले बतचकर्तासंग लिएको शतप्रतिसत बचत रकम कसरी फिर्ता गर्न सक्छ ? जब की ८०% बचत त ऋण लगानी गरेको छ र त्यहि ऋणबाट प्राप्त हुने ब्याज आम्दानीले संस्था संचालन, बचतकर्तालाई ब्याज भूक्तानी सबै गरेको हुन्छ तर सबैजना आवश्यक हुने वा नहुनेले एकाएक फिर्ता लिन आएपछि कुन संस्था वा बैंकले शतप्रतिसत बचत फिर्ता गर्न सक्छ ? त्यस्तै ऋणी सदस्यहरुले पनि विविध कारणहरुले गर्दा समयमा ऋण तिर्न बुझाउँन सक्नुभएको छैन । बरु मनमौजी गर्ने संचालक, ब्यबस्थापक बाहेक संस्थालाई मुझेर नकारात्मक समाचार संप्रेशण नभएको भए, सदस्यहरु आतंकित हुने थिएनन् र हल्लाखल्लाको सट्टा नियामक निकायमा संचालक, ब्यबस्थापक माथी कारबाहीको लागि उजुरी गरेर प्रकृयागत कारबाहीमा गएको भए संचालक ब्यबस्थापकलाई कारबाही भई विशेष साधारणसभा द्धारा सदस्य मार्फत नै संस्था संचालन भई बचतकर्ताहरु लाईन लाग्ने स्थिती नआउँने कारणले संस्था चक्रिय आधारमा सदस्यहरुको मातहतमा संचालन भई दोषी माथी अहिले जे कारबाही भयो त्यहि कारबाही कानुन अनुसार हुन्थ्यो र संस्था सदस्यहरुको सहभागितामा सुचारु चल्ने हुँदा दोषीलाई कारबाही भई बचतकर्ताको बचत डुब्ने वा अप्ठ्यारोमा पर्ने अवश्था अलि आउने थिएन होला की !   

७. केही समस्याग्रस्त सहकारीहरुः यसमा ७ वटा कुराहरुले प्रभाव पारेको हुनसक्छन् । १. सहकारीका मुलभूत सिद्धान्तहरुलाई परिपालना नगर्नु .गलत संचालनको अभ्यास गर्नु . नियमानुसारको ब्याजदर लेनदेन नगर्नु ४. सदस्यलाईमात्र लगानी गर्नुपर्नेमा आफ्नै ब्यबसाय र लाभमा सरिक हुनेगरि पूँजी परिचालन गर्नु ५. एकाएक परिवर्तन भएको नियम र आर्थिक मन्दीको कारणले विभिन्न क्षेत्रमा आएको ब्यबसायिक गिरावटको कारण क्रय विक्रय लगाएत भूक्तानीमा परेको प्रतिकुल प्रभाव .ऋणीहरुले समयमा ऋण भूक्तान नगरी आफुले लिएको ऋण तिर्नु पर्दैन की भन्ने आशयले समाजमा, भिडभाड, चियापसल लगाएतमा अनावश्यक हल्ला फिजाउँनु ७.समाजमा पर्न सक्ने नकारात्मक प्रवाभ र आम मानिसको जनजिवनलाई वास्ता नगरी विभिन्न प्रकारका सहकारीलाई हानी नोक्सानी पुग्ने गरि समाचार तथा त्यस्ता प्रकारका सामाग्रीहरुको प्रकाशन तथा प्रशारण गर्नुका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि अभियान विपरितका अर्नगर्ल पोष्टहरु गर्नु आदि सहकारीलाई समस्यामा ल्याउने माध्यमहरु हुन् ।

८.सदस्य शिक्षा र अपनत्वको कमीः सहकारी शिक्षा र सदस्यहरुलाई संस्था प्रति विश्वासको वातावरण बनाई अपनत्वको सृजना गराउने काममा कमी भएको कारण पनि समस्यालाई उकास्न मलजल पुगेको छ । 

९. पिडित सदस्यहरुः सहकारीकै कारण पिडित सदस्यहरुले तथा उहाँहरुका आफन्त साथीभाईहरुले शायदै अब सहकारीलाई विश्वास गर्नुहुन्छ होला ! किनकी उहाँहरुको आफ्नो जिवनको आधार खाई नखाई जम्मा आफ्नो दुःखको कमाई, बुढेसकालको साहारा, औषधी उपचारको साधन बचत संकटमा परको छ । तर मेरो बुझाईमा तपाईहरुको बचत फिर्ता हुन समय लाग्ला डुब्न चाहि डुब्दैन किनकी सरकारले संचालक, ब्यबस्थापकलाई कारबाही गरेर, जयाजेथा रोक्का राखेर, ऋण नतिर्ने ऋणीहरुसँग साँवा, ब्याज, हर्जना असुल उपर गरेर, सम्पत्ति बेच विखन आदि कार्य गरेर भए पनि सदस्यको बचत फिर्ता गर्ने प्रयत्न गर्छ जसको लागि केहि समय पर्खनु पर्दछ । तर अब सदस्यज्यूहरुले पनि के बुझ्नु पर्यो भने संस्थाको संचालन गतिविधि, संचालक ब्यबस्थापक चिन्ने, जिम्मेवारी जवाफदेहिता सहितका कुरा गर्ने, संस्थागत क्रियाकलापमा भाग लिने, असान्दर्भिक ब्याजदरको लोभमा नपर्ने र संस्थामा बेलाबेलामा आवतजावत गर्ने लगाएत कार्यमा आफ्नो सहभागिता बृद्धि गर्नुभयो भने संस्था र सदस्यको विचमा सामिप्यता बढ्न गई संस्था र सदस्य दुवैलाई लाभ सृजना गर्न मद्दत गर्दछ ।    
 

सहकारीको महत्व र सदस्यको संलग्नतालाई कसरी संस्थागत गर्ने त ?
आज सहकारी विनाको समाज कल्पना गर्न पनि गाह्रो महसुस हुन्छ । सहकारीमार्फत ५ खर्ब बराबर पूँजी परिचालन भई निम्न र मध्यम वर्गहरुले लाभ लिईरहेका छन् । त्यसैले त सहकारी देशकै आर्थिक र सामाजिक रुपान्तरणमा आधार स्तम्भ बन्न सफल भएको छ । राज्यलाई पनि सहकारीले कर, रोजगार र ब्यबसाय विस्तारको क्षेत्रमा ठुलो योगदान गरेको छ । राज्यले प्रत्यक्ष सहभागी भएर गर्न नसक्ने धेरै काम र क्षेत्रमा सहकारी प्रत्यक्ष संलग्न रही समाज र राज्यलाई योगदान गरेको छ त्यसैले त सहकारीलाई राज्यको तीन खम्बा मध्यमा एक खम्बाको रुपमा चित्रण गर्दै महत्व दिइएको हो । सहकारी ती सम्पूर्ण निम्न तथा मध्यम वर्गीय परिवारको आर्थिक, सामाजिक र साँस्कृतिक सहभागिताको साझा थलो हो जहाँ सबैले आफ्नो समान हैसियतका साथ प्रतिनिधित्व गर्न सक्दछन् ।

सहकारी एउटा त्यस्तो संस्था हो जसले आफ्ना प्रत्येक सदस्यहरुको समस्यालाई आत्मसात गरि समाधानको उपाय सुल्झाउने प्रयत्न गर्दछ । प्रत्येक सदस्य त्यो संस्थाको परिवारको सदस्य हो । यो अवस्था सहकारी अभियानको लागि टर्निङ्ग प्वाइन्ट पनि हो । जहाँबाट सहकारी अभियानले नयाँ गति र कार्यदिशा तय गर्नेछ । संस्था र सदस्य अनि सदस्य र संस्थाको विचमा पहिचान कायम भएको छ । र सहकारी अभियानको नेतृत्व तहले यो पनि सदस्यहरुको माझमा बुझाउँन नसकेको हो की जस्तो लाग्दछ -वास्तवमा सहकारीका सदस्यहरु अन्य निकायमा भन्दा सहकारी कारोबारमा सुरक्षित हुन्छन् भन्ने कुरा । किनकि, सहकारीका संचालकले बद्मासी गरेमा वा दुरुपयोग गरेमा कानुनत् पूर्ण जिम्मेवार भई कारबाहीको साथमा आफ्नो जायजेथाबाट समेत बचतकर्ताको दायित्व भूक्तान गर्नुपर्ने हुन्छ र यसमा कुनै छुट छैन । त्यसैले तपाईहरु ढुक्क भएर आफु अनकुल सहकारीमा कारोबार गर्नुस् भनेर विश्वस्त पार्न अभियान नेतृत्वले सकेको छैन र अब जिम्मेवारीसहित सदस्यलाई ढुक्क हुने वातावरणको सृजना सम्पूर्ण सहकारीकर्मी तथा अभियानले गर्नुपर्दछ ।    

अब सहकारीका समस्या पहिचान भएका छन् । विशेषत, सहकारी समस्याका २ वटा प्रमुख कारण रहेका छन् । १. आन्तिरिक २. बाह्य । आन्तरिक कारण संस्था आफैले पहिचान गरि सुर्धान सक्छ तर बाह्य कारणमा सरकार तथा अन्य सरोकारवाला निकायहरु रहेका छन् जसको लागि अभियानको नेतृत्व तहले बहस पैरवी गर्नु अति नै जरुरी भैसकेको छ । हालको विद्यमान समस्याहरु पनि विशेषगरी बाह्य तत्व र तहहरुबाट नै सृजना भएका हुन् भन्ने लाग्छ । आन्तिरिक रुपमा सहकारी संस्थाका संचालक, ब्यबस्थापक र कर्मचारी सबैले विद्यमान समस्यासँग अनुभूत हुँदै अब के गर्नु हुन्छ ? के गर्न हुँदैन ? सुर्धार्नु पर्ने र परिपालना गर्नुपर्ने कुराहरु के हुन् आदि नजिकबाट नियाली बुझिसकेका छन् र सहकारीमा संलग्न सदस्यहरुले पनि समस्यालाई नजिकबाट अनुभूत गरी अनावश्यक हो–हल्ला, टिकाटिप्पणी र समाचारको पछि लाग्दा आफै अप्ठेरोमा परिने रहेछ भन्ने कुराको ध्यान दिदै संस्थामा आफ्नो सहभागिताको आधारमा के–कस्तो हो ? ब्याजदरको लेनदेन तथा संचालन पद्धति नियमानुसार छ छैन आदि बुझेर कारोबार गर्ने हुँदा अबको सहकारी अभियान शुद्धिकरण भै अन्ततः राम्रो र बलियो भएर अगाडी बढ्न सक्छ भन्ने विश्वास ब्यक्त गर्न सकिन्छ । त्यसैले अब आकारमा ठुलो भन्दा पनि सदस्य सुरक्षण र गुणस्त्तरमा ध्यान दिई संस्थालाई कानुन र नियमानुसार संचालन प्रकृयामा विशेष जोड दिनु आवश्यक छ । तबमात्र सहकारीको महत्व र सदस्यको संलग्नता संस्थागत हुँदै जान्छ । 

सरसर्ती अहिलेका अवस्थालाई हेरौ त, केही एकाध सहकारी संस्थामा आएको समस्या र सो को कारणले अभियानमा पारेको नकारात्मक प्रभावको कारण संचालित राम्रै सहकारी संस्थाहरुबाट पनि सदस्यहरुले सामान्य अवस्थामा जसरी कारोबार लेनदेनको सुविधा पाउँन सकेका छैनन् किनकी सहकारी संस्थालाई पनि आफ्नो साख र विश्वास कायम गर्नु छ भने ऋण लिन चाहने साना मझौला उद्योग ब्यबसाय संचालन गर्ने सदस्यहरुले सहजरुपमा ऋण नपाउँदा ब्यबसायिक चक्र धरापमा परेको छ, खरखाँचो ऋण चलाउँन नपाउँदा घरायसी र सामाजिक जनजीवन प्रवाभित भएको छ, लेनदेन सुचारु रुपमा संचालन नहँदा वित्तियचक्र नै रोकिएको अवस्थामा छ र यही अवस्थामा सहकारी सुचारु ढंगले संचालन भएको भए वित्तियचक्र सुचारु ढंगबाट सचालन भई सामान्यमात्रामा भएपनि मानिसहरुको जनजीवन तथा लेनदेन सहज हुनेथियो र आर्थिकमन्दीको प्रवाभ पनि कम पर्ने थियो होला । आज सदस्यहरुबाट समेत यि र यस्ता कुराहरुको विचार विर्मश भै सबैले आ–आफ्नो ठाउँबाट बुझ्ने र जिम्मेवारी महशुस गर्न थालेको अनुभूति हुन्छ ।  

त्यसैले अन्त्यमा, राष्ट्रको चौथो अंगको रुपमा रही देशको विभिन्न कालखण्डमा अत्यन्त महत्वपूर्ण भूमिका र योगदान पुर्याउने पत्रकारिता जगतले फेरी एकपटक सहकारी अभियानलाई संरक्षण गर्नको खातिर आफ्नो कलम र सीप उपयोग गर्नुपर्ने देखिन्छ । किनकि, पत्रकार एवम् आमसञ्चारकर्मीहरुको सकारात्मक सूचना तथा समाचार संप्रेषण सहकारी अभियानको लागि यो अवस्थामा अमृत सरह नै हो । तपाईहरुको सकारात्मक समाचार र पृष्ठपोषणले योे समाज, देश र परिवेशलाई सुध्रन र सच्चिन अहम् भूमिका खेल्दछ । जसको लागि म सम्पूर्ण विद्धत पत्रकार बर्गमा हार्दिक अनुरोध समेत गर्दछु । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।