शनिबार, वैशाख २९
१२:१३

सहकारी क्षेत्रलाई परिष्कृत गर्न सबैको सहयोग आवश्यकः नेफ्स्कून अध्यक्ष ढकाल

बुधबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कावासोती । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा देखिएको निराशाहरूलाई चिर्दै यसको दायरालाई अझै परिष्कृत गर्दै लानु पर्ने काममा सबैको साथ सहयोग आवश्यक हुने पनि बताउनुभएको छ । उहाँले सहकारी ऐन २०७४ अनि सहकारी नियमावली २०७५ का सबै प्रावधान कार्यान्वयनमा जोड दिर्दै स्थिरीकरण कोषलाई बलियो बनाउँदै लान यसमा सबैको योगदान आवश्यक भएको धारणा राख्नुभयो । 

जिल्ला बचत तथा ॠण सहकारी संघ लि। नवलपरासी (व सु पूर्व) को आयोजनामा फागुन १ गते कावासोतीमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो विचार राख्नुभएको हो । उक्त कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष ढकाल, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल, संचालक गोपाल प्रसाद गौतम र राष्ट्रिय सहकारी महासंघ,नेपालका संचालक होमनाथ जैसलाई अभिनन्दन समेत गरिएको थियो ।

संघका कार्यवाहक अध्यक्ष अध्यक्ष बद्रीनाथ नेपालले अध्यक्षता गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव देवराज पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह सचिव नारायण पौडेलले राख्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार माधव प्रसाद गौतम, काशी पाठक ,सहकारी कर्मचारी समाजका अध्यक्ष नरभुपाल भुसाल र जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष खीना कुमारी भुसालले अभिनन्दित सहकारी व्यक्तित्वहरूलाई बधाई एव कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यकम संयोजक जिल्ला सहकारी संघ लि. का सचिव एव जिल्ला बचत तथा ॠण सहकारी संघका संचालक श्याम सुन्दर लामिछानेले धन्यवाद भनाई राख्नु भएको थियो।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।