शुक्रबार, वैशाख २८
०७:२२

नेफ्स्कूनका नयाँ सदस्य संस्थाका लागि भर्चुअल अभिमुखीकरण

बुधबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनमा आवद्ध नयाँ सदस्य साकोसहरुका लागि सदस्य अभिमुखीकरण कार्यक्रम अभौतिक रुपमा जुम प्लेटफर्मबाट सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षमा संघमा आवद्ध ९५ वटा साकोसका प्रतिनिधिहरुको सहभागितामा आयोजित कार्यक्रममा संघको स्थापना कालदेखि हालसम्मका गतिविधि, विकास चरण, स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष, व्यवसाय, तालिम शिक्षाका कार्यक्रम, संघले गरेका नीतिगत पैरवीका सवालहरु तथा सञ्जाल व्यवस्थापनको विषयमा प्रस्तुतीकरण गरिएको थियो । 

उक्त कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले सदस्य सेवा विभाग अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सदस्य संस्थाहरुलाई केन्द्रीय संघको ध्येय, परिकल्पना,उद्देश्य तथा गतिविधिहरु तथा संघको विगत देखि बर्तमान सम्मका विकास चरण र सञ्चालन गरिएका विविध सदस्य केन्द्रीत कार्यक्रमहरुको जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको जानकारी गराउनु भयो । माघ २५ गते आयोजित कार्यक्रममा सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको सम्बोधन सदस्य सेवा विभाग प्रमुख समेत रहनुभएका तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रम सहजीकरण संघकी कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।