शुक्रबार, वैशाख २८
०३:५३

साकोसका अध्यक्षहरुको निरन्तर क्षमता विकास गर्दै नेफ्स्कून 

शनिबार, माघ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । साकोसका नेत्तृत्वहरुलाई परिवर्तित समयअनुसार अध्यावधिक गर्दै सक्षम नेतृत्व निर्माण गर्ने उद्देश्यका साथ नेफ्स्कूनले निरन्तर तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा संघले पछिल्लो पटक माघ २३ र २४ गते काठमाण्डौमा साकोसका अध्यक्षहरुको क्षमता विकास तालिम सञ्चालन गरेको छ । 

तालिममा साकोसका अध्यक्ष तथा पदाधिकारीहरुको क्षमता विकासको लागी सहकारीको परिचय, अवधारण र सिद्धान्तहरुको अभ्याससहित प्रशिक्षण, सञ्चालक समितिका कार्य, जिम्मेवारी र भूमिका तथा उपसमितिको कार्य विभाजन, सहकारीका कानूनी प्रबन्धहरु र नियामकीय दृष्टिकोण, साकोसको वित्तीय प्रतिवेदनको बुझाइ, निर्णय लेखन, साकोसमा सम्भाव्य दुरुपयोग र नियन्त्रण, साकोस संस्कृति निर्माण, अध्यक्षको ज्ञान, सीप र योग्यताहरु साथै व्यावसायिक र दीगो संस्था निर्माणका आधारहरु विषयहरुमा प्रस्तुतिकरण, समुह छलफल जस्ता विधिबाट सहभागीहरुलाई जानकारी गराइएको थियो । उक्त विषयहरुको प्रस्तुतीकरण तथा सहजीकरण नेफ्स्कून सहायक कार्यकारी अधिकृत संजयराज तिमिल्सीना, सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्याय, संघका बरिष्ठ अधिकृत नविन राज दाहालसहित तालिम अधिकृतहरुले गर्नुभएको थियो । तालिममा ४० जनाको सहभागिता थियो ।

तालिम समापनमा सहभागीहरुलाई उत्प्रेरित गर्न नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि पुग्नुभएको थियो । उहाँले अभियानको चाहना सहकारीमा देखापरेका समस्याको सामाधान भएको बताउँदै त्यसका लागि सुशासन अभ्यासमा रहने र सुशासित नेतृत्वको शैलीमा रुपान्तरण आवश्यक भएको धारणा राख्नुभयो । 

यसका लागि सहकारी संस्था आफैमा सदस्य केन्द्रीत रही सदस्यको सन्तुष्टिका लागि काम गर्नुपर्ने बताउनुभयो । सहकारीका नीतिगत सवालमा संघको नेतृत्व अग्रसरको रुपमा लागेको र यस प्रयासलाई योजनाबद्धरुपमा वहस पैरवी गरिरहेको उहाँले जानकारी गराउनुभयो । त्यसमा सम्पूर्ण अभियानको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक भएको अध्यक्ष ढकालले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले यस्तो तालिम एकदमै व्यावहारिक र महत्वपूर्ण रहेको कुरा राख्दै आगामी दिनमा नेत्तृत्वहरुको क्षमता विकासका लागी थप तालिमहरु आयोजना गरिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । उक्त तालिमको व्यवस्थापन संघकी कर्मचारी जया न्यौपानेले गर्नु भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।