आईतबार, वैशाख १६
०२:२२

बलियो आन्तरिक नियन्त्रण प्रणाली सबल सहकारीको पहिचान

शुक्रबार, माघ १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

१८ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को चालु आर्थिक वर्षको अर्ध–वार्षिक प्रगति समीक्षा बैठक संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले बलियो आन्तरिक नियन्त्रण प्रणाली एक सबल सहकारीको पहिचान भएको बताउदै लक्ष्य र वर्तमान प्राप्ति बीचको अन्तर केलाएर लक्ष्य प्राप्तिका लागि रणनीति बनाउन समीक्षा कार्यक्रम गर्ने परिपाटी अनुसार समीक्षा  कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले हाल युवाहरु विदेशीनुको मुख्य कारण बेरोजगारी रहेको बताउदै संस्थाबाट निरन्तर रुपमा सीपमूलक तालिम आयोजना गरी युवालाई स्वदेशमै बसी कर्म गर्न सक्षम बनाउनुपर्नेु बताउनुभयो । उहाँले संस्थामा प्रविधिको विकास गर्दै जाँदा सदस्यहरुको वित्तीय कारोबारको गोपनियतालाई पहिले जस्तै नै कायम राख्नुपर्ने भन्नुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले कर्मचारीहरु सदस्यहरुसँंग नजिक हुने भएकोले कर्मचारीहरुमा सहकारीसम्बन्धी सम्पूर्ण ज्ञान हुनुपर्ने कुरालाई जोड दिदै सहकारीमा विकृति फैलन नदिन कर्मचारीहरुको अह्म भूमिका रहने बताउनुभयो । नेपालको विद्यमान आयकर बारेमा पनि जानकारी लिई सुरक्षित कारोबार गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । 

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले संस्थाको समिति, उपसमिति भन्दा पनि व्यवस्थापन मजबुत हुनुपर्ने कुरा व्यक्त गर्दै संस्था विकासमा कर्मचारीको अहम भूमिका रहने बताउनुभयो ।

संस्थाले २०८० पुस मसान्तसम्मा १६६४७ सदस्य, शेयर पूँजी २७ करोड ६ लाख, निक्षेप तथा बचत २ अर्व २९ करोड ३ लाख, ऋण लगानी १ अर्वं ८३ करोड ८४ लाख, जगेडा कोष २२ करोड १६ लाख तथा कुल सम्पत्ति २ अर्ब ९६ करोड ८२ लाखको संकलन गरी संस्थाको २०८१ असार मसान्त सम्मको कुल लक्ष्यको ६१ प्रतिशत हासिल गरेको आर्थिक प्रगति विवरण सहित संस्थाको सबल र सुधार गर्नुपर्ने विषयहरुमा प्रस्तुतिकरण व्यवस्थापक शिला गोसाई गर्नुभएको थियो । साथै शिक्षा शिविर जस्तै प्रविधि साक्षरता र कानुनी साक्षरता सम्बन्धी कार्यक्रमको पनि आयोजना गरिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बचत उपसमितिका सचिव चिरी मैया लाखाजु, ऋण अधिकृत राजेश लाखाजु र कर्मचारी सरु सितिखु पनि बोल्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।