आईतबार, वैशाख १६
०१:०८

सहकारी सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय समिट गर्दै बागमती प्रोस्कून

बुधबार, माघ १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले पहिलो पटक प्रदेशस्तरीय साकोस समिट आयोजना गर्ने भएको छ । बागमती प्रदेश साकोस समिट २०८० आगामी फागुन १६ र १७ गते भक्तपुरमा आयोजना गर्न लागिएको हो ।

‘सहकारी सुदृढीकरणको आधारः सहकार्य एकता र विश्वास’ भन्ने थिमका साथ प्रदेशस्तरीय साकोस समिट आयोजना गर्न लागिएको बागमती प्रोस्कूनले जनाएको छ । बागमती प्रदेश भित्रका वित्तीय सहकारीहरुको व्यवसाय विकास, प्रवर्धन र बजारीकरण लगायतका कार्यमा टेवा पुर्याउन २०७७ साल साउन १३ गते विधिवत दर्ता भई सञ्चालनमा आएको बागमती प्रोस्कूनले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएका विज्ञहरुको सहजीकरणसहित सहकारी अभियानका वर्तमान समस्या, तिनको वस्तुगत समाधान र भविष्यको रणनीतिक मार्गचित्र तयार गर्न सहज हुने उद्देश्यले प्रदेशस्तरीय समिट आयोजना गर्न लागेको जनाएको छ ।

समिटमा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले 'कानून कार्यान्वयन र अभियन शुद्धीकरणका लागिः सहकारी एकीकरण र वर्गीकरण‘ विषयमा र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले 'सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयमा कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम छ ।

यसैगरी, दक्ष जनशक्ति पलायन मुलुककै समस्या बनिरहेको समयमा सहकारीमा यसको प्रभाव कस्तो र कति देखिएको छ, कसरी जनशक्ति भित्राउने र उनीहरुलाई उत्प्रेरणा प्रदान गर्ने, सहकारी सुशासन प्रवर्धनमा प्रविधिमैत्री कारोबार, सहकारी सुदृढीकरणको आधार, कानून कार्यान्वयन र अभियान शुद्धीकरणका लागि सहकारी एकीकरण र वर्गीकरणको आवश्यकता र यसका विधिहरु, सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणको विषय र यसका भावी जोखिम र कार्यान्वयन रणनीति आदि बारे पनि विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुतिसहित सहभागीहरुका जिज्ञासाहरु सम्बोधन गरिने  बागमती प्रोस्कूनले जनाएको छ । समिटमा सहभागिताका लागि बागमती प्रोस्कूनले नाम दर्ता गर्न आग्रह सहित प्रचार प्रसार समेत सुरु गरिसकेको छ ।

बागमती प्रदेशमा उद्धव सापकोटाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति तथा देव प्रसाद त्रिपाठीको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ भने ८ सदस्यीय सल्लाहकार समिति तथा केशवप्रसाद दाहालको नेतृत्वमा करिब १ दर्जन व्यवस्थापन समूह रहेको छ । संघले ‘सक्षम र पूर्ण सेवाका लागि समर्पित उत्कृष्ट वित्तीय सहकारी सञ्जाल’ को परिकल्पना तय गरेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र