आईतबार, वैशाख १६
०४:११

संस्था मापनको वस्तुनिष्ठ आधार PEARLS

बुधबार, माघ १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले वित्तीय सहकारीहरु व्यवस्थापनको औजार PEARLS भएको बताउँदै त्यसकै आधारमा सञ्चालक समितिले आवश्यक निर्णयहरु गर्ने बताउनुभएको छ । साकोस मापनको वस्तुनिष्ठ आधार PEARLS भएको बताउँदै उहाँले साकोसको स्वथ्यताको परिचय पनि त्यसैले नै दिने उल्लेख गर्नुभयो । पोखरामा सुरु भएको PEARLS तालिमको उद्घाटनमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले अन्य सहकारीले सहकारीका मूलय मान्यता र सिद्धान्तको पालना गरे हुने तर वित्तीय सहकारीले सो को साथै वित्तीय मापदण्डको पालना गर्नुपर्नेतर्फ सबैलाई सचेत तुल्याउनुभयो । त्यसका लागि PEARLS, प्लान, पोलिसी र प्रोफेशनल म्यानपावर संस्थामा लागू हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका उहाँले विषम परिस्थितिमा नेफ्स्कून सधै सदस्यहरुको साथमा रहने पनि विश्वास दिलाउनुभयो । वित्तीय सहकारीहरु अन्य सहकारीहरु भन्दा पृथक रहेको पनि उहाँले जिकिर गर्नुभयो ।

यसैगरी, उहाँले साकोस एकरुपता प्रणालीलाई नेफ्स्कूनका प्रत्येक सदस्य संघ संस्थाले रणनीतिक महत्वसहित लागू गुर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । सदस्य मालिक भएको र मालिकले चाहेमा संस्था कहिल्यै समस्यामा नपर्ने भन्दै त्यसको अनुभूति सदस्यहरुलाई गराउनुपर्नेतर्फ उहाँले जोड दिनुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले नेफ्स्कून सदस्य संस्थाको क्षमता अभिवृद्धिका साथै जल्दाबल्दा मुद्दाहरुमा बहसपैरवीमा रहेको पनि उल्लेख गर्नुभयो । 

माघ १५ गतेदेखि १७ गतेसम्म सञ्चालित तालिमको उद्घाटनमा नेफ्स्कूनका सञ्चालकद्वय कमलादेवी गिरि तथा गोपाल प्रसाद गौतम पनि सहभागी हुनुहुन्थ्यो । यसैगरी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, नेफ्स्कूनका पूर्व सञ्चालक एवम् पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइराला लगायतको पनि उद्घाटन कार्यक्रममा उपस्थिति थियो । नेफ्स्कूनका तालिम अधिृकत उमेश कोइरालाको सहजीकरण रहेको तालिमको समग्र कार्यक्रम व्यवस्थापन संघको पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुर्यप्रसाद तिमल्सिनाले गर्नुभएको छ भने उद्घाटन कार्यक्रम सञ्चालन नेफ्स्कूनका अधिकृत मनोज खड्काले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।