बुधबार, वैशाख १९
०१:३६

सहकारीले गरेका असल अभ्यासले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्ने

सोमबार, माघ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य ज्ञानु पौडेलले सहकारीमा महिला सहभागिता हुनु सकारात्मक भएको बताउनुभएको छ । पौडेलले महिलाहरुले बिभिन्न भूमिका निभाएर वित्तीय क्षेत्रमा स्वरोजगार हुनुले महिला आत्मनिर्भरता तर्फ उन्मुख भएको बताउनुभयो । रेडियो मुक्ति बुटवलले मंगलबार आयोजना गरेको सहकारी समन्वयका लागि शिक्षा र सञ्चार बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताउनुभएको हो ।

महिला ब्यबस्थापक भएका सहकारीमा अनियमितता नभएको बताउदै पौडेलले सहकारीमा बचत गर्ने बानी भएका महिलाहरुलाई बचतको माध्यमबाट जिवनयापनमा सहज भएको बताउनुभयो । सहकारीका नियममा रहेर महिलाहरुले चलाएका सहकारी संस्थाबाट रोजगारी सिर्जना गरेको भन्दै पौडेलले इमान्दारीले नै महिलाहरु नेतृत्वमा पुग्न सफल भएको बताउनुभयो । उहाँले सहकारीले गरेका असल अभ्यासले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्ने धारणा राख्नुभयो । 

आजको आवश्यकता भनेकै सहकारीले सञ्चारको सही सदुपयोग गर्नु रहेको बताउदै सहकारी बारे बाहिर आएका नकारात्मक कुराहरुलाई चिर्न सहकारीले राम्रा र पारदर्शी काम गर्नुपर्ने पौडेलको भनाई थियो । कार्यक्रममा सहकारी अभियन्ता तथा लेखक दलबहादुर गुरुङले सहकारीका बर्तमान समस्या ,सहकारीको भुमिका, सहकारीमा सदस्यहरुप्रतिको बिश्वसनियता, सहकारीको सिद्धान्त, सहकारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा, सहकारीका ब्यवस्थापकको भूमिका लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । 

ऋण खानका लागि मात्रै सदस्यता लिने प्रवृत्तिले पनि सहकारीमा समस्या सिर्जना भएको बताउदै गुरुङले कुन सदस्य साच्चिकै सहकारीलाई माथि उकास्न चाहान्छ भन्ने कुरा ठम्याउन आवश्यक रहेको बताउनुभयो । गुरुङले सहकारीमा सुशासन कमजोर हुदै गएको बताउनुभयो ।

त्यस्तै रेडियो मुक्तिका स्टेशन म्यमनेजर कल्पना तिवारीले सहकारी र सञ्चार माध्यमको समन्वयका बिषयमा सहजिकरण गर्दै सञ्चार माध्यममा आफ्ना सहकारीले गरेका कामहरुका बिषयमा जानकरी गराउन आवश्यक रहेको बताउनुभयो ।  तालिममा सहभागीको तर्फबाट बोल्दै पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक सरस्वती पाण्डे र जनउत्थान बचत तथा ऋण सहकारी सेवा केन्द्र प्रमुख गौरी चौधरीले तालिममा सहभागी भएर आगामी दिनमा सञ्चार माध्यममा कसरी र कस्ता सूचना दिनुपर्छ भन्ने बिषयमा जानकरी पाएको बताउनुभयो ।

कार्यक्रममा सहभागी भएपछि सञ्चार माध्यममा सहकारीका गतिबिधि प्रवाह गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे  । कार्यक्रममा अन्टार्टिकामा पुग्ने पहिलो नेपाली भुवनसिङ बिस्वकर्माको पनि उपस्थिति रहेको थियो । रेडियो मुक्तिले यस भन्दा अगाडि पनि पहिलो चरणमा मंसिर ५ गते कार्यक्रम आयोजना गरेको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र