बिहीबार, जेठ ३
०५:००

पर्यटन तथा संस्कृति क्षेत्रमा ऋण लगानी गर्न शुभकामना साकोसलाई सुझाव

सोमबार, माघ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । बागमती प्रदेश सभा सदस्य किरण थापाले पर्यटन तथा संस्कृति क्षेत्रमा सदस्यहरुलाई ऋण लगानी गर्न सुझाव दिनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र भक्तपुरको बिशिष्ट सांस्कृतिक पहिचान प्रवर्धनका दिशामा लगानी प्रवाह गर्न उहाँले साकोसलाई आग्रह गर्नुभएको हो । प्रदेश सभा सदस्य थापाले सहकारी मुल्य, मान्यता र नियम संगत ढंगले संचालन भएको शुभकामना साकोसलाई थप सफलताको कामना गर्दै सुरक्षित ऋण लगानीका लागि पनि सुझाव दिनुभयो । उहाँले पर्यटन तथा साँस्कृतिक पहिचानलाई स्थापित गर्न सदस्यहरुलाई ती क्षेत्रमा आवश्यक सीप, पुँजी र परामर्श प्रदान गर्न साकोसको ध्यानाकर्षण गराउनुभएको हो ।

शुभकामना साकोसको माघ १२ गते शुक्रबार आयोजना गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रमका प्रमुख अतिथि थापाले उक्त सुझाव राख्नुभएको हो । संस्थाको सञ्चालक समिति, उपसमिति, सल्लाहकारहरु तथा संस्थापकहरु र कर्मचारीहरु गरी १ सय १० जनाको उपस्थितिमा संचालित कार्यक्रममा संस्थाको गतिविधि र आर्थिक प्रतिवेदन सहितको अर्धवार्षिक बुलेटिन समेत विमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले हाल सहकारीमा समस्या आउनुको प्रमुख कारणहरुमध्ये सहकारी अभियानको सक्रियताको कमी, नियामक निकायको कमजोरी र अनावश्यक प्रलोभनमा पर्ने बचतकर्ता रहेको बताउनु भयो । 

संस्थाकी उपाध्यक्ष निर्मला सुवालले चार वर्षीय रणनीतिक व्यावसायिक योजनाको आधारमा बनाइएको चालु वर्षको कार्ययोजनाका समीक्षा गर्ने उद्देश्यले अर्धवार्षिक समिक्षा गोष्ठी आयोजना गरेको जानकारी गराउनुभयो । त्यस्तै, सचिव पुष्पलाल तिमिलाले संस्थाको वार्षिक कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नारायण बहादुर बासुकलाले वित्तिय विवरण प्रस्तुत गर्नु भएको थियो । सोही आधारमा संस्थाको लक्ष्य र प्रगतिबारे छलफल गरिएको थियो । सल्लाहकार लक्ष्मीभक्त बासुकलाले अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरी संस्थाको वित्तीय विवरणबारे जानकारी गराउनुले संस्थाको आर्थिक हिसाबहरुमा पारदर्शिता रहेको सन्देश जाने  धारणा व्यक्त गर्नुभएको थियो ।

संस्थाकी प्रबन्धक रेश्मी श्रेष्ठले संस्थाको सम्पूर्ण अवस्थाबारे आफ्नो धारण सहित टिप्पणी प्रस्तुत गर्नुभएको थियो । संस्थाले लिएको ४ बर्षीय व्यावसायिक योजना अनुसार ९५ प्रतिशत लक्ष्य हासिल भएको उहाँले जानकारी गराउनुभएको थियो । त्यसैगरी संस्थाको गत आर्थिक बर्षको असार मसान्तको तुलनामा यस आर्थिक बर्षको पहिलो ६ महिनामा बचत संकलन  र ऋण लगानी दुबै बढेको उहाँले बताउनुभयो । गत आर्थिक बर्षको असार मसान्तमा ९२ करोड बचत रहेको संस्थाको चालु आर्थिक वर्षको पुस मसान्त सम्म १ अर्ब माथि पुगेको छ भने ऋण लगानी पनि वृद्धि भइ ९२ करोडबाट ९६ करोड पुगेको छ । यस अवधिमा संस्थाको कुल कारोबारमा वृद्धि भएर १ अर्ब २७ करोडबाट १ अर्ब ३५ करोड पुगेको उहाँले उल्लेख गर्नुभयो । संस्थामा गत पौष मसान्तसम्म २९ प्रतिशत तरलता रकम रहेको छ ।  प्रतिवेदन उपर छलफलको क्रममा संस्थापक विरेन्दमान सैंजु र कृष्ण प्रसाद दुवालले जिज्ञासा राख्नुभएको थियो । शुभकामना साकोस हाल एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।