बुधबार, जेठ २
११:०९

जोखिम व्यवस्थापनमा अष्ट्रेलियन अभ्यास र अनुभव सिकाइको अवसर

आईतबार, माघ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारीहरुमा विभिन्न किसिमका जोखिमहरु स्वाभाविक रुपमा जन्मन्छन् । जोखिम विनाको उद्यम परिकल्पना गर्न पनि सकिदैन । मूल्यसहितको सामाजिक उद्यम सहकारीहरुले पनि जोखिम भार बहन गर्नुपर्दछ । त्यसमाथि वित्तीय कारोबार गर्ने साकोसहरुमा जोखिमको मात्रा तुलनात्मक रुपमा बढी हुन्छ । वित्तीय सहकारीहरुमा तरलता जोखिम, कानूनी तथा नीतिगत जोखिम, बजार जोखिम, प्रशासनिक जोखिम, ‘इएसजी’ जोखिम, लगानीको जोखिम, प्रतिष्ठा वा छविको जोखिम, प्रविधिको जोखिम लगायतका हुन्छन् ।

यसैबीच, जोखिमको अपरिहार्यतालाई साकोसहरुले कसरी बुझ्ने, व्यवस्थित गर्ने र ‘रिस्क एण्ड रिर्टन’ लाई कसरी वैज्ञानिक तवरले विश्लेषण गर्ने, यसका प्रतिरोधात्मक तथा निदानात्मक विधिहरु आदि विषयमा अष्ट्रेलियन अभ्यास, अनुभव, खोज र विश्लेषणको अवसर जुरेको छ ।

नेफ्स्कूनको अगुवाई तथा प्राविधिक सहयोग एवम् नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजनामा सञ्चालित वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) को चौथो एपिसोडमा आगामी फेब्रुअरी १ (माघ १८) मा अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) का प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङ्टनले ‘भ्युज फ्रम डाउन अन्डर’ राख्नुहुनेछ ।

यसैगरी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिृकत डा. शिवजी सापकोटाले अष्ट्रेलियन अनुभवबाट नेपाली साकोस अभियानले सिक्न सक्ने विषयहरुसँगै नेपालमा पछिल्लो समयमा वित्तीय सहकारीहरुले जोखिमको विषयलाई विश्लेषण गर्ने, नयाँ जोखिमहरु बुझ्ने र सावधानीपूर्वक कार्यसञ्चालन गर्ने कुराहरुमा 'भ्यालु एड' गर्ने कार्यक्रम रहेको छ ।  

जुम प्लेटफर्ममा बिहान ११ बजे सञ्चालन हुने उक्त कार्यक्रममा मार्कको प्रस्तुतिकरणसँगै सहभागीहरुलाई आफ्ना जिज्ञासाहरुमार्फत पनि नयाँ कुराहरु जान्न र बुझ्न सक्ने अवसर मिल्नेछ । 

२०१९ सालमा सिड्नी क्रेडिट युनियन तथा इन्डेभर म्युचुअल बैंकबीचको एकीकरणबाट स्थापना भएको अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) सदस्यहरुद्वारा सदस्यहरुकै वृहत्तर हित प्रवर्धनका लागि प्रजातान्त्रिक विधिबाट सञ्चालित सहकारी प्रारुपको बैंक हो । 

एएमबीलाई अष्ट्रेलियाको बैंकिङ कानून अन्तर्गत ‘अष्ट्रेलियन प्रुडेन्सिलय रेगुलेटोरी अथोरिटी–एपीआरए’ ले नियमन गर्दछ भने उसले प्रदान गर्ने बचत सेवामा प्रत्येक सदस्यको २,५०००० अमेरिकी डलरसम्म रकमको सुरक्षण समेत प्रदान गरिएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।