बुधबार, जेठ २
११:०६

दाङमा 'सदस्यसँग नेफ्स्कून अन्तरक्रिया' कार्यक्रम

शुक्रबार, माघ १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

घोराही । नेफ्स्कून र जिल्ला बचत संघ लि दाङ को संयुक्त आयोजनामा 'सदस्यसँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रम' माघ ९ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङ का अध्यक्ष बिमल अधिकारीले गर्नुभएको थियो भने नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् दाङ सदस्य सेवा कार्यालय संयोजक दामोदर अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथिमा घोराही उपमहानगरपालिका का उप–प्रमूख हुमा डि.सी.,अतिथिमा प्रदेश सहकारी संघ का सचिव रुप बहादुर खत्री, जिल्ला सहकारी संघ लि. दाङका बरिष्ठ उपाध्यक्ष माधव खनाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. की उपाध्यक्ष भगवती शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमूख अतिथि एवं नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले नेफ्स्कूनले प्रदान गर्दै अएको सेवा तथा कामका बिषयमा जानकारी गराउदै हाल वित्तीय क्षेत्रमा आएका बिषम परिस्थीतीका कारण सहकारी क्षेत्रमा परेको प्रभाव तथा यसलाई न्यूनीकरण गर्न नेफ्स्कूनले खेल्दै आएको भूमिका बारे जानकारी गराउनु भयो । हालको परिस्थितिबाट सहकारी क्षेत्रलाई बचाउनका निमित्त गर्दै आएको बहस पैरवी र आगामीदिनहरुमा खेल्ने रणनितिक योजनाबारे जानकारी गराउनु भयो । 

कार्यक्रमका बिशिष्ट अतिथि एवं घोराही उप–महानगरपालिका का उप–प्रमूख डि.सी. ले सहकारीमा हाल असहज परिस्थिति आउनुको कारण र त्यसबाट बच्नका लागि खेल्नुपने भुमिका बारे जानकारी गराउँदै घोराही उप–महानगरपालिका भित्र रहेका सहकारीहरुलाई सुशासनमा ल्याउनका निमित्त  अनुगमन तथा बिभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने बिषय जानकारी गराउनु भयो । कार्यक्रमका अतिथि एवं प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीले सहकारीहरुको सुदृढीकरण तथा कुशल सञ्चालनका लागि संघहरुले खेल्दै आएको भूमिका तथा आगामी दिनहरुमा खेल्नुपर्ने भूमिका बिषयमा जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथी एवं जिल्ला सहकारी संघ दाङका बरिष्ठ उपाध्यक्ष माधव खनाले सहकारी लाई सुशासनमा ल्याउन तथा सहकारी क्षेत्रलाई सवल बनाउन सदैव जिल्ला सहकारी संघ हातेमालो गर्दै अगाडि बढ्ने तथा सहकारी अभियानलाई धमिलो बनाउनेहरुको पहिचान गरी कडा कार्वाहीको माग गदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष बिमल अधिकारीले बित्तिय क्षेत्रमा परेको संकटबाट सहकारी पनि अछुतो रहन नसकेको जानकारी गराउदै यस्लाई सहज अवस्थामा ल्याउनका निमित्व सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

अतिथी एवं जिल्ला सहकारी संघ दाङका उपाध्यक्ष भगवती शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा जम्मा ३२ वटा साकोसवाट ३८ जनाको सहभागिता रहेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव रामकृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको ब्यवस्थापन सदस्य सेवा कार्यालय सहायक दिनेश महराले गनुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।