शुक्रबार, जेठ ४
०५:२५

९ बुँदे प्रतिवद्धतापत्र जारी गर्दै 'दोस्रो काठमाडौं साकोस समिट' सम्पन्न

बिहीबार, माघ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी अभियानलाई सुशासित, मर्यादित र व्यवस्थित बनाउने दिशामा संवदेनशील भएर सकारात्मक सोचसहित सदस्यहरुलाई सुसूचित गरी अघि बढ्ने प्रतिबद्धता काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीकर्मीहरुले व्यक्त गरेका छन् । उनीहरुले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार, अभियान र सदस्यहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै अघि बढ्ने सामूहिक भावना पनि व्यक्त गरेका छन् ।

सहकारी अभियानका विद्यमान समस्याहरु समाधानको दिगो उपायहरु अवलम्बन गर्न सरकार, अभियान, सरोकारवालाहरु र सदस्यहरुको सहभागितामा आज आयोजित दोस्रो काठमाडौं साकोस समिट-२०८० को अन्त्यमा जिल्लाका साकोस अभियानकर्मीहरुले ९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । 

सहकारी बिशिष्टता आत्मात र प्रवर्धन गर्ने मुल भावसहित आयोजित समिटले जारी गरेको प्रतिबद्धता पत्रमा सञ्जाल सहकार्य, स्वनियमन, अनुशासन, सदस्य केन्द्रीयता, जोखिम पहिचान र विश्लेषणसहित रणनीतिक योजना निर्माण, स्रोतहरुको सदुपयोग, कानूनको परिपालना। स्तरीकरण कार्यक्रममा आबद्धता, स्थिरीकरण कोषमा योगदान जस्ता विषयहरु ९ बुँदामा अटाएका छन् ।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कूनका अध्यक्ष दिपक पनेरुले यो दस्तावेज कास्कून मात्र नभई सहकारी अभियानकै लागि पूँजी हुने बताउनुभयो । संकटको बेलामा चुप लागेर बस्न नहुने भन्दै उहाँले नियामक निकाय, अभियान, सरोकारवाला, विज्ञहरु तथा सदस्यहरुको उपस्थितिमा समाधानका मन्थन निष्कर्षसहित निकासको प्रयास भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार, अभियान, प्रमुख राजनीतिक दलका जिल्लास्तरीय नेतृत्वहरु, विज्ञ तथा सदस्यहरुको उत्साहपूर्ण सहभागिता र यसमा व्यक्त गहन विचार, कार्यपत्र तथा सुझावहरुसमेत समेटिएका निष्कर्षहरु सबैका लागि सम्पत्ति हुन् ।’ काठमाडौं जिल्लाभरका बचत ऋण सहकारीहरुको समस्या बिसाउने थलो कास्कून भएको बताउँदै उहाँले भन्नुभयो, ‘सदस्यका गुनासो, दुःख र समस्याहरुलाई बहसपैरवीमार्फत सहजीकरण गर्ने र निकास दिने काम कास्कूनले गर्दै आएको छ । यो समिटले पनि सहकारी क्षेत्रको छवि सुधार गर्दै नयाँ सम्भावनाहरुको बाटो देखाएको छ ।’

समिटमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संकटको बेला व्यवसाय निरन्तरताको विषयमा प्रस्तुति गर्नुभएको थियो । उहाँले सदस्यहरुबाटै समाधान निस्कने भन्दै सुशासन, इमानदारी र पारदर्शितालाई ख्यालमा राखी नीति, विधि र प्रविधिमा आधारित रही संस्था सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशासन र व्यवस्थापन दुबै कमजोर देखिन थालेको छ । सहकारी भोलेन्टरिजममा चल्छ ।’ सहकारीमा नामका लागि मात्र सञ्चालक हुने हो, कमाइका लागि होइन भन्दै उहाँले सहकारीको पाँचौं, छैठौं र सातौं सिद्धान्तलाई विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै, व्यवस्थापनबाट इनोभेनशनको विषयमा पनि सक्रियता कम हुँदै गएको समग्र परिदृश्य चित्रण गर्नुभयो । सिईओ सापकोटाले स्वार्थरहित एकीकरण, कमन बन्ड (फराकिलो कार्यक्षेत्रभन्दा आफ्नो समुदाय कायम गरी), जोखिमका औजारहरुको इमानदार प्रयोग गरी सदस्यहरुलाई साथमा लिएर स्पष्ट रणनीतिक योजना अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, सबै समाधान सदस्यसँग छ । त्यसैले 'बाउन्स ब्याक टु मेम्बर्स ।’ सकारात्मक सोचसहित काम गर्ने हो भने सहकारी क्षेत्रको रिभाइभल सम्भव भएकोमा उहाँले सहभागीहरुलाई आश्वस्त तुल्याउनुभयो ।

उक्त सत्रको टीप्पणीकर्ता सहकारी विभागका रजिष्ट्रार पिताम्बर शर्माले सरकार र अभियान सहकार्यका माध्यमबाट यो क्षेत्रका समस्याहरु हटाउँदै छवि सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सही समयमा समिट आयोजना भएको भन्दै सरकारको तर्फबाट कास्कूनलाई धन्यवादसमेत दिनुभयो ।

त्यसअघि, नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्दै सुशासनमा देखिएका समस्याहरु समाधानमा संयुक्त पहल आवश्यक भएको बताउनुभयो । सहकारी क्षेत्रमा नकारात्मक भाष्य निर्माण भैरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले केहीले गरेको कमजोरीको असर सबैतिर परेको भन्दै सचेत भई सदस्यहरुलाई विश्वासमा लिएर कानूनी परिपालनामा प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो । 
उक्त सत्रमा टीप्पणी गर्दै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी क्षेत्रमा समस्या भएको कसैबाट नलुकेके भन्दै सरकारको तदारुकता, अभियानको सक्रियता र सदस्यहरुको जागरणको बलमा समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।


९ बुँदे प्रतिवद्धता

१, सहकारीको मूल्य, मान्यता, सिद्धान्तमा आधारित भई स्वनियमन अभ्यासलाई मर्यादित एवं व्यवस्थितरुपमा लागु गर्नेछौं ।
२, संस्थाको जोखिम पक्षहरुको पहिचान गरि न्यूनीकरण गर्न योजना निर्माण र कार्यान्वयन मार्फत व्यवस्थापन गर्न प्रतिवद्ध छौं । साथै संघहरुबाट गरिने अनुगमन एवं सुपरिवेक्षण कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछौं र सुपरिवेक्षण तथा स्तरीकरण कार्यक्रममा आवद्ध हुन र गराउन प्रतिबद्ध छौं 
३, साकोस अभियानमा संचित रहेको वित्तीय एवं प्राविधिक श्रोतहरुको सदुपयोग अभियानको सञ्जाल मार्फत गर्न प्रतिबद्ध छौं ।
४, नियमनकारी निकायले जारी गर्ने निर्देशनहरुको कार्यान्वयन गर्न प्रतिबद्ध छौं । साथै अभियान मैत्री हुन नसकेका निर्देशनहरु संशोधनका लागि एक भई पहल गर्न कटीबद्ध हुनेछौं । सहकारी एकिकृत सूचना प्रणालीमा सहभागि हुनेछौं तथा सदस्य पहिचान र जोखिम विश्लेषण गर्ने छौं ।
५, हाल सहकारी क्षेत्रमा देखा परेको विश्वासको संकटको अवस्थामा यस प्रति सकारात्मक परिवर्तन ल्याई यस प्रतिको विश्वास पुनः जागृत गर्न र गराउन प्रतिबद्ध भई लाग्नेछौं ।
६, संचालकीय र व्यवस्थापकीय क्षमता वृद्धि गर्न नियामक निकायहरु, सहकारी सञ्जालबाट आयोजना हुने सहकारी शिक्षा, तालिम र गोष्ठीहरुमा सहभागी हुनेछौं ।
७, संस्था संचालन गर्दा सदस्य केन्द्रीयतालाई उच्च प्राथमिकता दिनेछौं ।
८, असल नियतका साथ संचालित संस्थाहरुमा हाल देखिएका समस्याहरु समाधान गर्न सरकारको सम्बन्धित निकाय, सहकारी अभियान र सम्बन्धित संस्था सहकार्य गर्न प्रतिबद्ध छौं ।
९, कार्यक्षेत्र मिल्ने र दोहोरो सदस्यता अधिक भएका साकोस एकीकरण गर्न र गराउन प्रतिबद्ध छौं ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।