बिहीबार, जेठ ३
०२:३७

कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणको विषय असार सम्ममा सम्बोधन हुन्छ

बिहीबार, माघ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले असार मसान्तसम्ममा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरणसँग जोडिएको विषय सरकारबाट सम्बोधन हुने दाबी गर्नुभएको छ । सरकारसँगको बहसपैरबी र त्यसपछिका तदारुकताका कारण सहकारी ऐनमा व्यवस्था गरिएको कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणको विषय सम्बोधन हुनेमा आफू विश्वस्त भएको बताउनुभयो । 

आज काठमाडौंमा जारी दोस्रो काठमाडौं साकोस समिट २०२४ मा बोल्दै नेफ्स्कून अध्यक्ष ढकालले उक्त खुलासा गर्नुभएको हो । कास्कून अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित समिटको प्रथम सत्रको टीप्पणीकर्ताको रुपमा 'भ्यालू अयाड' गर्दै अध्यक्ष ढकालले भन्नभयो,‘ सुरुमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणलाई सम्बोधन गर्ने विधि नियामकीय निकायबाट यहाँहरुले प्राप्त गर्नुहुनेछ ।’ उहाँले अगाडि थप्नुभयो, ‘मैले पाएको जानकारी अनुसार ढिलोमा असार मसान्तसम्म यी दुई विषय सम्बोधन हुनेछन् । सहभागीहरुबाट आएका प्रश्नको जवाफमा अध्यक्ष ढकालले शुद्धीकरण र सुशासनको विषयमा आफैबाट सुरु गर्ने बताउनुभयो । राष्टिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेफ्स्कून सञ्चालक नवराज अर्याल, पूर्व अध्यक्ष डीबी बस्नेतसहित थुप्रै अतिथिको सहभागिता रहेको छ । 

यही मागको अन्त्यमा रणनीतिकि दिशाका सम्बन्धमा प्राथमिक खाका तयार हुने पनि अध्यक्ष ढकालले जानकारी गराउनुभयो । उहाँले संस्थाहरुलाई स्तरीकृत गर्ने र स्थिरीकरण कोषमा आवद्ध नगराई नहुने आवश्यकता औंल्याउँदै त्यसतर्फ गम्भीर भएर सोच्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै, वित्तीय सहकारी ऐनका लागि पनि नेफ्स्कूनको सञ्चालक समितिको ठोस पहल गर्ने गरी काम अघि बढाएको उल्लेख गर्नुभयो ।

अब हामी नयाँ सहकारी ऐन र परिस्थितिलाई समेत ध्यानमा राखी 'युनानिमस' मस्यौदा निर्माण गरी सरकारसँग बहसपैरबीमा बस्ने बताउनुभयो । त्यसका लागि साकोस अभियानको सञ्जालसँग जोडिएका जिल्ला र प्रदेश बचत संघको नेतृत्वसँगै अन्य अभियन्ताहरुसँग सघन छलफल गरी प्राप्त सुझावहरु र 'गाइडलाइन'हरु समेट समेटी वित्तीय सहकारी ऐनको मस्यौदा तयार पारिने पनि उहाँले बताउनुभयो । यस विषयमा संसदको विषयगत समितिसँग पनि दुई पटक छलफल भैसकेको अध्यक्ष ढकालले जानकारी गराउनुभयो । अहिले चुनौतीहरु भएपनि तिनलाई सबैको प्रयासबाट चिर्दै जानेमा आफू विश्वस्त भएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

अर्को एक प्रसङमा उहाँले बचत फिर्ता र ऋण असूलीको विषयलाई पनि जोडेर हेरिनुपर्ने बताउनुभयो । आफ्नो लागि अब ४७ महिनामात्र बाँकी भएको भन्दै अभियानका विद्यमान समस्या समाधानका लागि त्यतिन्जेल साथ दिन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले कल्पना गरेको भन्दा राम्रोसँग सेटल गर्छौं । तर, तपाईहरुको साथ र सहयोग आवश्यक छ ।’

पहिलो सत्रको प्रस्तुति राष्टिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समिति सदस्य केशव सापकोटाले गर्नुभएको थियो जसको टीप्पणीकर्तामा नेफ्स्कून अध्यक्ष ढकाल रहनुभएको थियो भने सत्रको अध्यक्षता  नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् राष्टिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले गर्नुभएको थियो । हाल दोस्रो कार्यपत्र प्रस्तुति जारी रहेको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।