मंगलबार, वैशाख १८
०९:२७

विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्दै चितवनको नवदुर्गा भवानी साकोस

बुधबार, माघ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन ।  नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.ले स्कूल स्कूलमा नवदुर्गा भवानी वित्तीय साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरेको छ । साकोसले उक्त कार्यक्रमको उद्देश्य कलिला बालबालिकाको आर्थिक समुन्नतिका लागि आफु सँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्न सक्ने आर्थिक संकटलाई न्यूनीकरण गर्न र  बालबालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित बनाउन सहकारीमार्फत खेल्न सक्ने भूमिका प्रभावकारी बनाउनु रहेको जनाएको छ ।

संस्थाका सचिव रामकृष्ण पौडेलले भविष्यका कर्णधारहरुको रेखा कोर्न सहकारी पनि महत्वपूर्ण छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम राखिएको बताउनुभयो । सुशासनको सवालमा चितवन जिल्ला बचत संघबाट पटकपटक पुरस्कृत भएको साकोसले वार्षिक क्यालेन्डर अनुसार नै कार्यक्रम तय गरेको हो । यस्तै, साकोसले १५औं बार्षिक साधारणसभा पछि सदस्य बनेकाहरुलाई माघ १३ गते शनिबार “सहकारी शिक्षा तथा सदस्य अभिमुखीकरण साथै नयाँ सदस्य स्वागत कार्यक्रम” राखेको छ ।

उक्त दिन वित्तीय साक्षरताको कार्यक्रम पनि रहेकोले नवप्रवेशी सदस्यहरुलाई सहभागिताको लागि आह्वान समेत गरेको छ । माघ महिनामा साकोसले विद्यालय लक्षित वित्तीय साक्षरता कार्यक्रम राखेको छ । यस्तै, साकोसले' घरदैलो सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम' माघ १५ गते देखि मासिक रुपमा गर्ने योजना सार्वजनिक गरेको छ । साकोस नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता कार्यक्रम कर्ब्समा आवद्ध छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र