शुक्रबार, जेठ ४
०४:५३

ऋणको कानुनी प्रकृया तथा धितो मुल्यांकन सिकाउन तालिम

मंगलबार, माघ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गोरखा । नेफ्स्कून सदस्य सेवा कार्यलय लमजुङको आयोजनामा गोरखामा माघ ८ गते 'ऋणको कानुनी प्रकृया तथा धितो मुल्यांकन' तालिम सञ्चालन गरिएको छ ।  तालिममा गोरखा, लमजुङ र तनहुँका २८ सहकारीबाट संस्थाका अध्यक्ष, ऋण उपसमितिका संयोजक, सदस्य, व्यवस्थापक र ऋण अधिकृत गरी ४६ जनाको सहभागिता थियो । तालिममा खराब ऋण बढ्नुका कारण, त्यसले संस्था सञ्चालनमा पार्ने असर, ऋण असुलीमा संस्थाले चाल्नुपर्ने चरणबद्ध प्रकृया साथै आवश्यक कागजात आदिबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो । 

तालिममा धितो लिलाम गर्दा गर्दा अपनाउनु पर्ने प्रकृया र चरण, धितो मुल्यांकन गर्दा अपनाउनु पर्ने प्रकृया र कागजात आदि बारे सहभागीहरुको जिज्ञासा सम्बोधन गरिएको थियो । सहकारी संस्थामा ऋण लगानी गर्दा आवश्यक सुरक्षणको सुक्ष्म विश्लेषण गर्नु पर्ने लगायतका विषयमा छलफल गरिएको थियो । संस्थामा विद्यमान  र सम्भाव्य कानूनी जटिलताबारे सहभागितात्मक छलफल गरिएको थियो ।

तालिमले ऋण लगानी गर्न पुर्वनै संस्थाले सदस्यको विश्लेषण गरेर मात्र ऋण प्रवाह गर्नु पर्ने साथै संस्थाको आन्तरिक कार्यविधि र कानून बमोजिम संस्थाले सदस्यलाई ऋण प्रवाह गरेमा ऋण असुली कार्य सहज हुने तालिमबाट कानुनी प्रकृयाको र सहकारीमा ऋण लागानी र असुलीमा आकर्षित हुने सहकारी ऐन, सहकारी नियमावली, मुलुकी देवानी संहिताका दफा र नियम बारे जानकारी प्राप्त भएको र तालिममा सिकेका कुरा संस्थामा व्यवहारमा ल्याउने प्रतिवद्धता  सहभागीहरुले व्यक्त गर्नुभएको थियो ।  

तालिमको उद्घाटन सत्रमा लमजुङ फिल्ड व्यवस्थापन उपसमितिका निवर्तमान सदस्य रामवाबु श्रेष्ठ, गोरखा कोपअपरेटिभ म्यानेर्जस क्लवका अध्यक्ष प्रेम कुमार श्रेष्ठ उपस्थित हुनुभएको थियो । 
तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन संघका लमुजुङ सदस्य सेवा प्रमुख विनोद ढकाल गर्नु भएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।