शुक्रबार, वैशाख २१
१२:२४

सर्लाहीमा 'जनशक्ति तथा कार्यालय व्यवस्थापन तालिम' सम्पन्न

सोमबार, माघ ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) सर्लाही सदस्य सेवा कार्यालयको आयोजनामा महोत्तरी, सर्लाही र रौतहट जिल्लाभित्र संचालित सदस्य साकोसका कर्मचारीहरुका लागि माघ ७ र ८ गते 'जनशक्ति तथा कार्यालय व्यवस्थापन तालिम' हरिवन–११, सर्लाहीमा संचालन गरिएको छ । 

तालिम उद्घाटन सत्रमा नेफ्स्कून सञ्चालक सदस्य शोभा कुमारी राउतले तालिममा सिकेका कुराहरु साकोसमा लागु गर्न आग्रह गर्नुभयो । यस्तै, स्थानीय सहकारी अभियान्ता सर्लाही बचत संघका सचिव केशब प्रसाद ढकालले पनि सिकाइको व्यावहारिकतामा नै जोड दिनुभयो । 

तालिममा २८ साकोसबाट १० महिलासहित ३१ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले तालिमका सिकेका कुरा संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोईरालाले गर्नु भएको थियो भने उद्घाटन तथा समापन कार्यक्रम सञ्चालन संघको सर्लाही सदस्य सेवा कार्यालय प्रमुख महेश बरालले गर्नु भएको थियो ।

 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र