मंगलबार, वैशाख २५
०८:५९

स्थिरीकरण कोष सञ्चालन समितिको १९औं बैठक सम्पन्न

बुधबार, पुस २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिको १९ औ बैठक आज नेफ्स्कून केन्द्रीय कार्यालय काठमाडौंमा बसेको छ । कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकमा आज सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

कोषको दोस्रो वार्षिक परामर्श बैठक अघि आज अन्तिम बैठक बसेको हो । कोषको दोस्रो बार्षिक परामर्श बैठक यही पुस २९ गते आइतबार काठमाडौंमा बस्दैछ । आजको बैठकमा कोषको गत आर्थिक वर्षको प्रगति समिक्षा, हालसम्मको अवस्था र प्रगतिबारे सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले अवगत गराउनुभएको थियो । 

बैठकमा कोष सञ्चालन समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको विद्यमान कार्यविधिलाई परिष्कृत गरी संशोधनको लागि अघि बढाइने जानकारी गराउनुभएको थियो । उहाँले नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्ध संस्थाहरुलाई कोषले प्राविधिक सहजीकरण गर्ने तथा कोषमा अनिवार्य आवद्ध गराउन थप परिष्कृत सहजीकरणका कार्यक्रमहरु राखिने धारणा राख्नुभएको थियो । 

बैठकमा अतिथिका रुपमा सहभागी सहकारी विभागका रजिष्ट्रार घिमिरेले कोषको कार्यविधि उपर सुझावहरु समेटेर संशोधनसहित प्रभावकारी कार्यान्वयनमा जान सकिने विषय राख्नुभएको थियो । साथै उहाँले दोस्रो परामर्श बैठकको तयारीबारे जिज्ञासासहित जानकारी लिनुभएको थियो ।

यसअघि समितिका सदस्य एवम् सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले स्थिरीकरण कोषको कानूनी संरचना, कार्यविधि, वर्तमान अवस्था तथा भावी दिशाआदि बारे रजिष्ट्रार घिमिरेलाई बिफ्रिङ गराउनुभएको थियो । खासगरी विभागको रजिष्ट्रारको जिम्मेवारी प्राप्त गरेपछि घिमिरेले औपचारिक रुपमा आज पहिलो पटक स्थिरीकरणको कार्यक्रममा सहभागिता जनाउनुभएका कारण पनि उहाँलाई कोषका बारेमा उप रजिष्ट्रारले अवगत  गराउनुभएको हो । 

बैठकमा परामर्श बैठकबाट पारित गरिने कोषको बाह्य लेखापरीक्षण प्रतिवेदन समितिबाट स्वीकृत गरिएको छ भने परामर्श बैठकको तयारी तथा हालसम्म सम्पन्न क्रियाकलापहरुबारे सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी गराउनुभएको थियो । बैठकमा कोष सञ्चालन कार्यविधिलाई थप सुझावहरुसहित संशोधनको प्रक्रिया अघि बढाउँदै प्रभावकारी कार्यान्वयनमा विषयमा पनि सदस्यहरुबीच छलफल भएको थियो । छलफलमा कोषका गतिविधिहरुलाई थप प्रभावकारी बनाउँदै लानुपर्ने तथा योगदानकर्ताको संख्या वृद्धि गर्नुपर्ने धारणा अभिव्यक्त भएका थिए । यसैगरी, कोषमा आवद्ध संघ संस्थाहरुको अनुगमनको विषयमा पनि छलफल भएको थियो ।

आजको बैठकमा समितिका सदस्यहरु सहकारी विभागका उपरजिष्ट्रार उपाध्याय, नेपाल राष्ट्र बैंकका प्रतिनिधि राजकुमार खत्री, राष्ट्रिय सहकारी विकास बोर्डका उप निर्देशक मुकेश कर्ण, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाई, जनउत्थान साकोस रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल, सामुदायिक साकोस काभ्रेका अध्यक्ष प्रकाश बञ्जारा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी शाखा अधिकृत पवित्रा ढकाल लगायतको सहभागिता थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।