शुक्रबार, जेठ ४
०४:५१

नेफ्स्कूनको प्रवक्तामा बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी

मंगलबार, पुस २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्रवक्ताको जिम्मेवारी संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीलाई प्रदान गरिएको छ । संघको सञ्चालक समितिको ३ सय २२औं बैठकले अधिकारीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । संघको प्रवक्तामार्फत सञ्चालक समितिका निर्णयहरुसँगै सदस्य संघ संस्था र सरोकारवालाहरुसँग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने आधिकारिक जानकारी तथा सूचनाहरु सम्प्रेषित गरिने समितिले जनाएको छ ।

संघले विगतमा पनि बरिष्ठ उपाध्यक्षलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्दै आएको थियो । अघिल्लो कार्यकालमा महासचिव रहनुभएका अधिकारी संघको ३२औं वार्षिक साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । उहाँले प्रतिनिधित्व गर्ने प्रारम्भिक संस्था बर्दियाको सिको साकोस रहेको छ ।  

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।