बिहीबार, जेठ ३
११:११

एकीकृत गढीदृष्टि भावना साकोस कर्व्स कार्यक्रममा आवद्ध

सोमबार, पुस २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. ३ छौडे मा अवस्थित एकिकृत गढीदृष्टि भावना साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्व्स) कार्यक्रममा आवद्ध भएको छ । कर्व्स कार्यक्रम नेफ्स्कूनले विकास गरेको गुणस्तर सुनिश्चितता कार्यक्रम हो जसले संस्थाको वित्तीय जाखिम, संस्थागत जोखिम र सदस्य सहभागिता जोखिममा आधारित रही जोखिम न्यूनीकरणको लागि भूमिका निर्वाह गर्दछ

साकोसमा हाल सदस्य १०४७ बाल बचतकर्ता २५६ जना, कुल सम्पत्ति ३ करोड ४४ लाख , शेयर पुँजी २२ लाख र संस्थागत पुँजी १० लाख ६८ हजार रहेको छ । संस्थाको कार्यक्षेत्र तामाकोशी गाउँपालिका भर रहेको छ । गढीमाई साकोस, जनदृष्टि साकोस र भावना साकोस एकिकरण भई एकीकृत गढीदृष्टि भावना साकोस बनेको हो । संस्थाको मिति २०८० साल मंसिर २५ गते एकिकरण पछिको प्रथम साधारण सभाबाट कुवेर पोखरेलको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति र ढाल प्रसाद दाहालको संयोजकत्वमा ३ जनाको लेखासुपरिवेक्षण समिति निर्वाचित भएको थियो । संस्थाको तामाकोशी गाउँपालिका वडा नं. ४ मालु डाडाँगाउँ र तामाकोशी गाउँपालिका वडा नं. ३, जफे जामुनेमा सेवा केन्द्र रहेको छ ।

कर्व्स कार्यक्रमको सम्झौता पूर्व नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले कार्यक्रममा आवद्धताको औचित्यता तथा महत्व, कर्व्स सुचकांक, कर्व्स कार्यक्रममा आवद्धता पश्चात साकोस, जिल्ला बचत संघ तथा नेफ्स्कूनको काम, कर्तव्य र अधिकार, कार्यक्रम कार्यान्वयनको लागि संचालक समिति, कर्व्स कार्यदल तथा व्यवस्थापनको भुमिका आदि विषयमा अभिमुखिकरण गर्नुभएको थियो । त्यस्तै साकोसका अध्यक्ष कुवेर पोखरेलले कार्यक्रममा आवद्ध भएपछि संस्थागत अवस्थाको सुपरिवेक्षण गरी दिइएका सुझावहरु कार्यान्वयन गर्न, जोखिम न्यूनीकरण गर्न तथा संस्थागत सुशासन कायम गर्नको लागि संस्थाको संचालक समिति तथा व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रम दोलखा जिल्लामा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत संचालित रहेको छ । नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, दोलखा जिल्ला बचत संघका व्यवस्थापक राजकुमार शिवभक्ति र एकीकृत गढीदृष्टि भावना साकोसको अध्यक्ष कुवेर पोखरेलले संस्थाको संचालक समिति तथा व्यवस्थापनको रोहवरमा हस्ताक्षर गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।