बिहीबार, जेठ ३
०४:३१

नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई अहिले काम गर्ने मौका छ 

सोमबार, पुस २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले साकोस अभियानलाई विश्वासिलो सामुदायिक अभियान बनाउने मौका नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई रहेको भन्दै यसतर्फ प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । साकोस अभियानप्रतिको विश्वासको संकट टार्दै यसको गरिमालाई स्थापित गर्ने काममा नवनिर्वाचित सञ्चालक समिति लाग्ने विषयमा आफू आशावादी भएको उहाँले बताउनुभयो । यस काममा नेफ्स्कूनको नयाँ नेतृत्व सफल हुने विश्वास सचिव दुवाडीले व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको सञ्चालक समितिसँग आज मन्त्रालयमा भएको भेटमा सचिव दुवाडीले साकोस अभियान अनुशासित, पारदर्शी र सुशासित बनाउन नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई काम गरेर देखाउने अवसर अहिले प्राप्त भएको बताउनुभयो । ‘यसका लागि आवश्यक सबै विषयमा छलफल, सहकार्य र सहजीकरण गर्न मन्त्रालय र विभाग सधै तयार छौं,’ सचिव दुवाडीले भन्नुभयो, ‘तपाईहरुका हरेक कृयाकलापमा सहकार्य गर्न मन्त्रालय तयार छ ।’

भेटमा नेफ्स्कूनका अध्यक्ष ढकालले साकोस अभियानको वर्तमानस्थिति, संरचना र समस्याहरुबारे सचिवलाई अवगत गराउनुभएको थियो । उहाँले वित्तीय सहकारी ऐनको टड्कारो आवश्यकतासँगै ऋण असुली न्यायाधिकरण गठनका तदारुकता, स्थिरीकरण कोषको नीतिगत संशोधन, सहकारी ऐन अनुरुप मुख्य कारोबारको विषय आदिबारे कानूनी तथा नीतिगत स्पष्टतासहितको सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारीमा मुख्य कारोबारको विषयका कारण पनि समस्याहरु देखा परेको, सञ्जालमा नजोडिएका र अनुगमन नियमन नभएका वित्तीय सहकारीहरुमा समस्या आएको सन्दर्भमा पनि साकोस ऐनको अत्यावश्यकतालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘वित्तीय सहकारी ऐनको आवश्यकता झन बढ्दै गएको परिस्थितिमा यसका लागि समन्वय, सहजीकरण र निकासका लागि नेफ्स्कून सरकारसँग आग्रह गर्दछ ।
प्रत्युत्तरमा सचिव दुवाडीले साकोस अभियानको अपेक्षाहरुबारे सरकार जानकार रहेको अवगत गराउँदै आवश्यकताको सिद्दान्त बमोजिम सम्बोधन, सहकार्य र सहजीकरण गर्न सरकार सधै तयार रहेको उहाँले बताउनुभयो ।

समग्र सहकारी क्षेत्रलाई कसरी अर्थतन्त्रको बलियो स्तम्भ बनाएर लान सकिन्छ भनेर गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको भन्दै सचिव दुवाडीले नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई अहिले मौका भएको बताउनुभयो । सचिव दुवाडीले भन्नुभयो, ‘अहिले तपाईहरुलाई मौका छ । सहकारी मन्त्रालय र विभागले आवश्यक सहयोग र सहजीकरण गर्छ । मन्त्रालय पनि नीतिगत पुनर्विचारको क्रममा रहेको बताउँदै उहाँले नेफ्स्कूनलाई पनि सुझावहरु प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी सिद्धान्त र कानूनको परिपालनाको विषयमा शून्य सहनशीलताको नीति अनुरुप अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।सचिव दुवाडीले भन्नुभयो, ‘नेफ्स्कूनको यो नयाँ सञ्चालक समितिले साकोस अभियानको छवि सुधार गर्दै नयाँ हाइट लिने विश्वास सरकारले लिएको छ । 

सचिव दुवाडीले सहकारी र साकोस अभियानप्रतिको अविश्वासको वातावरण चिर्न मुलभूत मुद्दाहरुमा साझा बुझाइ बनाइ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । वातावरण अनुकूलताको विषय सबैभन्दा महत्वपूर्ण भन्दै उहाँले त्यसका लागि छलफल, समन्वय, सहजीकरण गर्न मन्त्रालय र विभाग सधै तत्पर रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार र अभियानबीच बेलैमा साझा बुझाइ बनाउन आवश्यक छ ।’ उहाँले सहकारी ऐनमा व्यवस्था गरिएको कर्जा असूली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोष गठनको तयारी अघि बढेको जानकारी समेत गराउनुभयो ।

भेटमा नेफस्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालकहरु कमलादेवी गिरी, मन्दरा मिश्र, सुशिल कुमार बस्न्यात, लक्ष्मी सापकोटा, सिता ढकाल पौडेल, ज्ञानु पौडेल, शोभा कुमारी राउत, दिप्ती शाह, गोपाल प्रसाद गौतम, नवराज अर्याल, देव कुमार श्रेष्ठ र शालिकराम ढकाल, संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना लगायतको उपस्थिति थियो ।

भेटमा सचिव दुवाडीले केही सीमित सहकारीमा महत्वाकांक्षा, सिद्धान्तबाट विचलनका कारणबाट उत्पन्न समस्याको ठूलो प्रभाव परेको बताउँदै भन्नुभयो, ‘थोरै बिग्रेपनि धेरै आशावादी बन्नुपर्छ हामी । कानून पालनामा संघ महासंघ लगायत सबै प्रतिबद्ध हुनुपर्छ । साकोसहरुका सञ्चालकहरुको क्षमता अभिवृद्धिमा नेफ्स्कूनले बिशेष ध्यान दिनुपर्छ । आफ्ना गल्ती कमजोरीहरुको आत्मसमीक्षा सबैले गर्नुपर्छ ।’ सचिव दुवाडीले सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिपालनालाई बिशेष ध्यान दिनुपर्ने स्पष्ट संकेत गर्दै भन्नुभयो, ‘मुख्य कुरा सहकारीहरुले सहकारिता बुझुन् ।’ नेफ्स्कूनको नयाँ सञ्चालक समिति निर्वाचित भएपछि सचिव दुवाडीसँग मन्त्रालयमा भएको यो दोस्रो भेट हो । भेटमा मन्त्रालयका एक उपसचिव तथा एक शाखा अधिकृत पनि सहभागी हुनुहुन्थ्यो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।