शुक्रबार, वैशाख २१
०७:५९

शिरडी साकोसको समुदायमा सहकारी शिक्षा अभियान 

आईतबार, पुस २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । विराटनगरको शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुस २० गते शुक्रबार खार्जी टोलमा सामुदायिक सहकारी शिक्षा, सदस्य भेटघाट तथा विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सदस्य तथा सम्भावित सदस्यहरु गरी करिब ५० जनाको उपस्थिति थियो। कार्यक्रममा संस्थाको परिचय, संस्थाले संचालन गरिरहेका विभिन्न गतिविधिहरु तथा सहकारी संचालन प्रकृयाका सम्बन्धमा संस्थाका अध्यक्ष बलराम पराजुलीले प्रस्ट पार्नु भएको थियो । कोषाध्यक्ष लोकेन्द्रबहादुर कार्कीले कार्यक्रमको उद्देश्य एवम संचालक समितिको तर्फबाट प्रतिवद्धता र लेखा सुपरीवेक्षण समितिका सदस्य भोला निरौलाले संस्थाको नियमनको सम्बन्धमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सदस्यहरुको विभिन्न जिज्ञासाहरुको संस्थाका अध्यक्षले समाधान गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाइै संस्थाका उपाध्यक्ष भुपप्रसाद बाँस्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका बचत तथा ऋण व्यवस्थापन समिति सदस्य बलकराम राजबंशीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बलराम पराजुलीको अध्यक्षता र संचालक समिति सदस्य अर्जुन भट्टराइको संचालनमा सम्पन्न भएको थियो । वर्तमानमा सहकारी संस्थाहरुप्रति देखा परिरहेको आम नागरिकहरुको नकारात्मक धारणा चिर्न समेत कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र