शुक्रबार, वैशाख २१
१०:००

विश्व क्रेडिट युनियनको सर्व प्रतिष्ठित सम्मानका लागि आवेदन माग

शुक्रबार, पुस २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । विश्व क्रेडिट युनियन क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मानका लागि आवेदन माग गरिएको छ । विश्वभरका क्रेडिट युनियनहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) ले सन् २०२४ को Distinguished Service Award (DSA) का लागि  आवेदन माग गरिएको जनाएको छ । आफ्नो मुलुकबाहिर क्रेडिट युनियन क्षेत्रको प्रवर्धन र विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति एवम् संस्थालाई उक्त सम्मान प्रदान गरिदैं आएको छ । ओकूले विशेषत आफ्नो उद्देश्य र योजनाअनुरुप क्रेडिट युनियनमार्फत वित्तीय समावेशिता प्रवर्धनमा भूमिका खेल्ने व्यक्ति अथवा संस्थालाई सम्मानित गर्ने गर्दछ । ओकूले विश्वभरका आफ्ना सदस्य संस्थाहरुलाई यस्तो भूमिका निर्वाह गर्ने व्यक्ति वा संस्था मनोनयन गरी पठाउन आग्रह गरेको छ । ओकूले आगामी मार्च ८ भित्र अनलाइन मनोनयन दर्ता गर्न सकिने भन्दै आफ्ना सदस्य संघ संस्थाहरुलाई  विशेष आग्रह गरेको हो ।  

ओकूले अमेरिकाको बोस्टनमा आगामी जुलाई २१ देखि २४ मा आयोजना हुने विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ मा उक्त सम्मान प्राप्त गर्नेको नाम घोषणासँगै प्रदान गर्ने कार्यक्रम तय भएको जनाएको छ ।अघिल्लो वर्ष उक्त सम्मान ओकूका पूर्व प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्च र युक्रेनी फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत ओलेग लेबेड्कोले प्राप्त गर्नुभएको थियो । क्रेडिट युनियन क्षेत्रको नोबेल पुरस्कार मानिने DSA ओकूले सन् १९८६ बाट प्रदान गर्दै आएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।