शुक्रबार, वैशाख २१
०६:१२

‘विश्वका ३ सय ठूला सहकारी’ को १२औं संस्करण आउँदै

मंगलबार, पुस १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले ‘विश्वका ३ सय ठूला सहकारी’ को सूची समावेश भएको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । आईसीएले बार्षिक कुल कारोबार र कुल गार्हस्थ उत्पादनमा प्रति व्यक्ति आयको हिस्साका आधारमा वार्षिक कारोबारमा योगदान गरी दुई तरिकाले विश्वका ३ सय ठूला सहकारीको सूची समाविष्ट प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । ‘कोप मनिटर २०२३’ को अन्तिम तयारी गरिरहेको आईसीएले यही जनवरी २५ मा उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । सधैजसो भर्चुअल कार्यक्रम गरी २ सय बढी सहकारीकर्मीहरुको उपस्थितिमा सूची सार्वजनिक गर्दै आएको आईसीएले यस वर्ष पनि अभौतिक माध्यमबाटै उक्त कार्यक्रम गर्दैछ ।

आईसीएले सन् २०११ देखि वार्षिक रुपमा कोप मनिटर सार्वजनिक गर्दै आएको छ । पछिल्लो कोप मनिटर अनुसार विश्वका ३ सय ठूला सहकारीले वार्षिक २,१४६ ट्रिलियन अमेरिकी डलरको कारोबार गर्दै आएका छन् । कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको हिस्साका आधारमा वार्षिक कारोबारमा योगदानमा भारतको इफ्को, अमूल आदि ३ सय ठूला सहकारीको सूचीमा अटाउँदै आएका छन् भने वार्षिक कारोबारको आधारमा फ्रान्सको क्रेडिट एग्रिकोल विगत लामो समयदेखि सूचीको पहिलो नम्बरमा रहँदै आएको छ । 

सन् १८९५ मा स्थापना भएको आईसीएमा हाल विश्वका १ सय बढी देशका ३ सय भन्दा बढी सहकारी सदस्य छन् । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।