शुक्रबार, वैशाख २१
११:०३

नेफ्स्कून महासचिव एवम् सञ्चालकद्वयलाई बधाई तथा सम्मान

सोमबार, पुस १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

लेटाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नवनिर्वाचित महासचिव तथा सञ्चालक सदस्यद्वयलाई पुस १५ गते लेटाङमा सम्मान सहित बधाई तथा शुभकामना ब्यक्त गरिएको छ । लेटाङ साकोसको आयोजनामा नेफ्स्कूनका महासचिव धनश्याम अधिकारी तथा सदस्यहरुद्वय लक्ष्मी सापकोटा र शालिकराम ढकाललाई बधाई ज्ञापन कार्यक्रम गरिएको हो । लेटाङ भरिका सहकारीको सहभागितामा बधाई शुभकामना ब्यक्त गरिएको हो ।

कार्यक्रममा धन्यवाद ब्यक्त गर्दै महासचिव अधिकारीले नेफ्स्कून फराकिलो रुपको साकोस अभियानमा रहेको बताउनुभयो । नेफ्कूनका कुशलताका कारण कोभिड लगायतका विश्व व्यापी समस्याका बेला धरापमा रहेको बचत तथा सहकारी सरल तरिकावाट अबतरण भएको उहाँले बताउनुभयो । कोभिड संगै उब्जिएको अभावका बारेमा नेस्कूनको पुर्व तयारीकै कारण ठूलो जोखिम बाट सहकारी सुरक्षित हुन सकेको महासचिव अधिकारीले बताउनुभएको हो । आफुहरुले हाल नयाँ योजनाका साथ सहकारी अभियानलाई गर्विलो बनाउन प्रारम्भिक संस्था र नेस्कूनबीच हार्दिकता बढाउने कार्यक्रम ल्याइने बताउनुभयो । नेफ्स्कूनको खस्किदै गएको साख बचाउन बर्तमान सञ्चालक समिति कटिवद्ध भएर लाग्ने बताउनुभयो । संघियता पछिको सहकारीको मोडालिटिलाई अबलम्बन गर्दै जाँदा संक्रमणको अवस्था रहेको र ब्यबस्थापनको खाचो रहेको र यसका लागि मनिटरिङ गर्ने मोडालिटिको बारेमा छलफल चलिरहेको उहाँले बताउनुभयो । उहाँले सहकारीको दिगो विकासका लागि स्थानिय तहसँग आधारशिला कार्यक्रम लाई व्यापकता दिइने समेत महासचिव अधिकारीले जानकारी गराउनुभयो । 

यस्तै नवनिर्वाचित सञ्चालक सदस्य लक्ष्मी सापकोटाले सहकारी अभियानलाई गतिशील, सुब्यबस्थित बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । नेफ्स्कूनमा राम्रो मान्छे पठाइएछ भन्ने आभास हुने गरी काम गर्ने र यसका लागि आधार स्थलमा निरन्तर छलफल हुनेछ बताउभयो । यस्तै नवनिर्वाचित सञ्चालक सदस्य शालिकराम ढकालले बचत तथा सहकारी संकटको घडीबाट गुज्रिएको र यसलाई संघले अभिभावकत्व प्रदान गरी विकृति बिसंगति लाई हटाउदै लगिने उहाँले बताउनुभयो । सहकारीलाई नीतिगत रुपमा अघि बढाउन आफू कटिबद्द भएर आफ्नो तर्फ बाट लाग्ने उहाँको भनाइ थियो ।

नेफ्स्कूनका पूर्व संचालक सदस्य तारा बहादुर काफ्लेले संघको धरातल फराकिलो हुँदै गएको बताउनुभयो ।  नेपालमा सहकारी अभियान अघि अघि सरकार पछि पछि हुने गरेको इतिहास रहेको भन्दै यसको साख जोगाइ राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । लेटाङ साकोसका अध्यक्ष गोपाल बाराकोटीको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाभरिका अधिकांश सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र