सोमबार, वैशाख १७
०९:००

नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिद्वारा पदबहाली

सोमबार, पुस ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितले आजबाट औपचारिक पदबहाली गरेको छ । नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलसहितको सम्पूर्ण सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिले आज नेफ्स्कून केन्द्रीय कार्यालयमा आयोजित औपचारिक कार्यक्रमबीच पदबहाली गरेको हो । निवर्तमान अध्यक्ष परितोष पौड्याल एवम संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटासहितको व्यवस्थापन समूहको उपस्थितिमा नवनिर्वाचित सञ्चालक समितिलाई औपचारिक स्वागत सँगै पदबहाली कार्यक्रम सम्पन्न भएको हो ।


 

संघको यही पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न ३२औं वार्षिक साधारण सभाले चन्द्र प्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो । निर्वाचित दुबै समितिलाई हिजो नै संघको निर्वाचन उपसमिति कार्यालयका संयोजकले पद तथा गोपनीयताको शपथ खुवाउनुका साथै निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आज भने दुबै निर्वाचित समितिहरुको पदबहाली कार्यक्रम सम्पन्न भएको हो । 


 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई निवर्तमान अध्यक्ष परितोष पौड्यालले सञ्चालक समितिको माइन्युट हस्तान्तरण गर्नुका साथै अध्यक्षको पदबहाली गराउनुभएको थियो । यसैगरी,  संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नवनिर्वाचित महासचिव घनश्याम अधिकारी तथा कोषाध्यक्ष दिपक थापालाई पनि संघका अध्यक्षको उपस्थितिमा पदबहाली गराउनुभएको थियो । लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेललाई संघका नवनिर्वाचित सञ्चालक सदस्य एवम् निवर्तमान लेखा सुपरिवेक्षण समिति सदस्य सुशिल कुमार बस्न्यातले पदबहाली गराउनुभएको थियो ।


उक्त कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालले संघको गरिमालाई थप उचो बनाउने गरी नयाँ जोश जाँगर र उत्साहका साथ सञ्चालक समितिको ऐक्यबद्ध प्रयासमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सदस्य संघ संस्थाहरुसँगको सम्बन्धलाई बलियो बनाउने गरी नयाँ सञ्चालक समितिले काम गर्ने विश्वास दिलाउनुभयो । त्यसका लागि संघका अग्रजहरु तथा सहकारी अभियानका अगुवाहरु तथा सरोकारवालाहरुसँग बसेर काम गरिने उहाँले बताउनुभयो । यसैगरी, नवनिर्वाचित अध्यक्ष ढकालले नियामक निकायसँग पनि अभियानका साझा सरोकारका विषयमा छलफल गरिने उल्लेख गर्नुभयो । सामूहिकताको आधारमा सञ्चालक समितिले सदस्यहरुको भावना प्रतिबिम्वित हुने गरी संघ र साकोस अभियानको साख वृद्धिका दिशामा काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  यसैगरी, संघका निर्वतमान अध्यक्ष परितोष पौड्यालले नयाँ सञ्चालक समिति राम्रो बनेको भन्दै अभियान हाक्न सक्ने टीमलाई शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले साकोस अभियानको विश्व परिवेश, राष्ट्रिय आवश्यकत र चुनौतीहरुलाई सामना गर्ने सामथ्र्य नवनिर्वाचित सञ्चालक समितिलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले साकोस अभियानको सञ्जाल व्यवस्थापन तथा च्यालेन्ज २०२५ का विषयहरुलाई सम्बोधन हुने गरी नयाँ समितिले काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नवनिर्वाचित सञ्चालक समितिलाई साकोसका समसामयिक मुद्दा र विश्व परिवेशबारे स्वाध्ययनमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारीले साकोस संस्कृतिको महत्वबारे सबैलाई जानकारी गराउनुभएको थियो भने संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको आगामी रणनीतिक व्यावसायिक योजना निर्माणको आवश्यकता, त्यसमा समाहित गरिनुपर्ने दिगो विकास तथा सञ्जाल व्यवस्थापन एवम साझा प्रविधि लगायतका विषयमा धारणा राख्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।