सोमबार, वैशाख १७
०९:००

नेफ्स्कूनमा चन्द्रप्रसाद ढकाल नेतृत्वको नयाँ सञ्चालक समिति निर्वाचित, आजै शपद ग्रहण सम्पन्न

सोमबार, पुस ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीको एक मात्र केन्द्रीय अभिभावक संघ–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मा चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ । संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार ढकालको नेतृत्वमा ४ वर्षका लागि सञ्चालक समिति तथा पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।

संघको निर्वाचन उपसमितिका संयोजक श्रीकान्त बरालले मतपरिणाम सार्वजनिक गर्नुभएको थियो । आजै नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई संघको निर्वाचन उपसमितिका संयोजक बरालले शपथ ग्रहण गराउनुभएको छ । उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिएको छ । 

नेफ्स्कूनको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि यस पटक सबै पदमा निर्वाचन भएको हो । निर्वाचन उपसमितिको कार्यालयका अनुसार अध्यक्ष ढकालले ११९६ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटम प्रतिद्धन्दी निवर्तमान अध्यक्ष परितोष पौड्यालले १०१९ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष निर्वाचित ढकाल अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । 

त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले १२३१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी देवकी नेपालले ९८४ मत प्राप्त गर्नुभयो । अधिकारी अघिल्लो कार्यकालमा महासचिव हुनुहुन्थ्यो । यसैगरी, उपाध्यक्ष (महिला) मा ११३४ मत सहित शान्ति अधिकारी निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी गोमा नेपालले १०८४ मत प्राप्त गर्नुभयो । अधिकारी अघिल्लो कार्यकालमा पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।

त्यस्तै महासचिवमा ८७६ मतसहित घनश्याम अधिकारी विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी सन्दिप सापकोटाले ८०१ मत प्राप्त गर्नुभयो । अधिकारी  अघिल्लो कार्यकालमा सञ्चालक सदस्य हुनुहुन्थ्यो ।
त्यस्तै, कोषाध्यक्षमा दिपक थापा हुनुभएको छ । थापाले १११३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी जिवसराज खड्काले १०९९ मत प्राप्त गर्नुभयो ।

यसैगरी, सञ्चालक (महिला) मा १५२७ मतसहित सिता ढकाल पौडेल, १२०३ मतसहित मन्दरा मिश्र, र कमलादेवी गिरी १२४९ मतसहित विजयी हुनुभएको छ । प्रदेशस्तरीय सञ्चालकहरुमा कोशी प्रदेशबाट १२१२ मतसहित लक्ष्मी सापकोटा, मधेश प्रदेशबाट १३२० मतसहित शोभा कुमारी राउत, बागमती प्रदेशबाट १२२६ मतसहित खेमराज सुवेदी, गण्डकी प्रदेशबाट ११८८ मतसहित गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेशबाट १३२३ मतसहित ज्ञानु पौड्याल, कर्णाली प्रदेशबाट ९४२ मतसहित विर बहादुर रावत भोटे तथा सुदूर पश्चिम प्रदेशबाट १२२६ मतसहित दिप्ती शाही निर्वाचित हुनुभएको छ । यसैगरी, सञ्चालक (खुला) पदमा ९९६ मतसहित सुशिल कुमार बस्न्यात तथा ९४५ मतसहित शालिकराम ढकाल विजयी हुनुभएको छ ।

लेखा सुपरिवेक्षण समिति संयोजक निर्वाचित पौडेल ११५४ सहित विजयी हुनुभएको छ । समितिका बाँकी दुई सदस्यहरुमा १३४९ मतसहित हेमराज बिष्ट तथा १२५५ मत सहित दुर्गा तिवारी सञ्जेल विजयी हुनुभयो । यो साधारण सभाले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सात प्रदेशबाट १÷१ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जना सहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको हो । 

अपरान्ह २ बजे बजेदेखि सुरु भएको मतदान बेलुकी करिब साढे ७ बजे सम्पन्न भएको थियो भने अन्तिम मत परिणाम राती ११ः ४५ बजे सम्पन्न भई मध्यरात करिब औपचारिक घोषणा गरिएको थियो । विद्युतीय मतदान भएकोेले नतिजा सार्वजनिक हुन लामो समय नलागेको हो । आजको मतदानमा कुल २२४९ मत खसेको थियो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।