सोमबार, वैशाख १७
०५:४९

नेफ्स्कूनमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि आज मतदान 

आईतबार, पुस ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनको लागि आज मतदानको कार्यक्रम रहेको छ । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । 

संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो उद्घाटन र बन्द सत्र सकिएको थियो ।  बन्द सत्रमा महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका  प्रतिवेदनमाथि घनीभूत छलफल तथा प्रतिनिधिहरुको राय सल्लाह र सझावसहित पारित गरिएको थियो । यसैगरी, हिजै निर्वाचन प्रक्रियाको थालनीसँगै प्रतिनिधिहरुको अन्तिम नामावली तथा उम्मेदवारहरुको दरखास्त, त्यस उपर दाबी विरोध र निर्णयको काम सकिएको छ । संशोधित निर्वाचत कार्यतालिका अनुसार संघको निर्वाचन उपसमितिले आज उम्मेदवारी फिर्ताको लागि निश्चित समय उपलब्ध गराएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र मतदान सुरु हुनेछ । मतदान सकिए लगत्तै मतपरिणाम घोषणाको कार्यक्रम रहेको छ । निर्वाचन उपसमितिले सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको  र बिद्युतिय माध्यमबाट मतदान हुने जानकारी दिइएको छ । 

नेफ्स्कूनको निर्वाचन निर्देशिका, २०७० (संशोधन २०७६) अनुसार संघको सञ्चालक समितिमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १ जनाको हिसाबले ७ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जनासहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित हुने प्रावधान छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।