सोमबार, वैशाख १७
०३:१८

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाः साकोस अभियानको शुद्धीकरण र सबलीकरण पहिलो प्राथमिकता

शनिबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभामा साकोस अभियानको शुद्धीकरण र सबलीकरणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त भएको छ । सभामा सहकारी भित्र सुशासनको प्रत्याभूति, सदस्यको बचतको सुरक्षा, मूल्य, मान्यता र सिद्धान्तको अक्षरशः परिपालनाका माध्यमबाट सदस्यहरुको बिश्वासमा बढोत्तरीको आवश्यकता औंल्याइएको छ । त्यसका लागि सरकार र अभियानबीच एकताबद्ध प्रयास गरिनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल भएपनि आन्तरिक रुपमा सहकारी क्षेत्रले स्वनियमनको विषयलाई महत्व दिदैं सुशासन र सदस्य विश्वास आर्जन गर्न कुनै कसर बाँकी राख्न नहुने भनाइ वक्ताहरुको रहेको थियो ।

आजबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वक्ताहरुले साकोस अभियानको शुद्धीकरण र सबलीकरण अहिलेको प्राथमिकत विषय भएकोमा जोड दिनुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतमा आयोजित उद्घाटन सत्रका प्रमुख अतिथि पूर्व मन्त्री, संविधान सभा सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालले सदस्यहरुको हितको लागि सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरुप सहाकरीहरुले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमार्फत अल्पसंख्यक पिछडिएका समुदायहरुको आर्थिक, सामाजिक हितमा धेरै काम भएपनि केही सहकारीमा देखिएको समस्याले समग्र अभियानलाई हानी पुगेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा धेरै काम भए पनि बाँझिएका कतिपय ऐनका कारण काम गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेपाली कंग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कडेल, नेकपा माओवादीका सहकारी विभाग प्रमुख लिलामणी पौडेलले सहकारी र साकोस अभियानले सदस्यहरुको हितलाई ध्यानमा राखी काम गर्नुपर्ने बताउनुभयो । उहाँहरुले सहकारीलाई परेका समस्याको गाँठो फुकाउन राजनीतिक दलका प्रतिनिधिका रुपमा सधै बहसपैरवीमा जोडिएको र भविष्यमा पनि सहकारीलाई सहज वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको चरणमा गइसकेको भन्दै धेरै कुराहरुमा मन्त्रालय एक्सनमा गइसकेको बताउनुभयो । अभियानका मागहरु सम्बोधन हुने क्रममा रहेको बताउँदै सचिव दुवाडीले सहकारी क्षेत्रले पनि सदस्यको विश्वास जोगाइराख्न आफ्नो तर्फबाट धेरै कामहरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले स्वनियमनको विषयलाई ध्यानमा राखेर सहकारी क्षेत्रले काम गर्नुपर्ने बताउँदै विभाग अभियानसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्र नियमनका लागि दोस्रो तहको नियामकीय निकायको विषयसँगै साकोस ऐनको विषय सम्बोधनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेपालको सिङ्गो आर्थिक क्षेत्रको ध्यान आज खिचिएको भन्दै यसले नेपालको अर्थव्यवस्था र सामाजिक विचारधारालाई मार्गनिर्देशित गर्ने शक्ति र सामर्थ्य राख्ने बताउनुभयो । नेफ्स्कूनको पाँचौं रणनीतिक योजनाको सेंक्षीपकरण गर्दै अध्यक्ष पौड्यालले स्तरीकरण कार्यक्रममा सदस्यहरुको बढ्दो सहभागिता र स्थिरीकरण कोषको कानूनी प्रबन्ध र सञ्चालनलाई महत्वपूर्ण उपलब्धि बताउनुभयो । वर्तमान सञ्चालक समितिले काम सुरु गरेदेखि कोभिड महामारी, अन्तर्राष्ट्रिय विषमता जस्ता प्रतिकूलताका बीच पनि धेरै कामहरु भएको उहाँले दाबी गर्नुभयो । चार वर्षमा नेफ्स्कून नेतृत्वको साकोस अभियानले नीति र बहसको पैरवी गरेको बताउँदै उहाँले सहकारी ऐनले व्यवस्था गरेको विभिन्न कार्यविधिहरु नेफ्स्कूनले सातै प्रदेशमा छलफल गरी निर्माण गरेर सरकारलाई बुझाएको जानकारी गराउनुभयो ।

स्तरीकरण कार्यक्रमलाई बैधानिकता दिन र साकोस अभियानलाई सुशासनमा लान सफल भएको बताउँदै अध्यक्ष पौड्यालले स्थिरीकरण कोषमा ११ लाख ५० हजार सदस्य आवद्ध भएको र ती सबै सदस्यको बचत सुरक्षा गर्न सफल भएको दाबी उहाँले गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध विकास भएको बताउँदै अध्यक्ष पौड्यालले विकास साझेदारसँगको सम्बन्ध थप प्रगाढ भएको र साकोस अभियानको सशक्तिकरण र जागरणका लागि काम भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘साकोस अभियानको शुद्धीकरण र सुदृढीकरण अभियानलाई सँगसँगै लिएर अघि बढाएका छौं ।’

यसैगरी, कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघमा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको सहकारी अभियानको इतिहासमा साकोस अभियानको उच्च योगदान रहेको बताउँदै यसैको स्ट्रेन्थको बलमा संविधानमा सहकारीले मान्यता पाएको दाबी गर्नुभयो । उहाँले साकोस अभियानलाई सुशासित र मर्यादित बनाउनुपर्ने अहिलको आवश्यकता रहेको बताउँदै यसका लागि शुद्धीकरण र सबलीकरणको अभियानलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले साकोस ऐनको आवश्यकतालाई बिशेष जोड दिदैं अब चाँडैनै यो विषयलाई अभियानको अग्रसरतामा सरकारले सुनुवाई गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि शुभकामना राख्दै सहकारी अभियानबीच ऐक्यबद्धताको आवश्यकता रहेको औंल्याउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नुभएका नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सदस्यहरुको विश्वासलाई ध्यानमा राखेर संघले काम गरेपनि विभिन्न परिस्थितिका कारण अपेक्षित नतिजा हासिल नभएको बताउनुभयो । उहाँले केही सहकारीले बाटो बिराएका कारण समग्र क्षेत्रमै असर परेको बताउनुभयो । अबका दिनमा ठोस योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

कार्यक्रम समापन गर्दै संघकी उपाध्यक्ष शान्ति अधिकारीले सदस्यहरुको विश्वास जोगाइराख्नु अहिलेको लागि चुनौतीपूर्ण भएको बताउनुभयो । केही सहकारीको गलत काममा कारण समग्र अभियानमाथिको विश्वासमै संकट आउँदै गएकोले सबैको पहलमा सुशासित, मर्यादित र विश्वासिलो अभियान बनाउनुपर्नेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । 

उद्घाटन सत्रमा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेत, पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलगायतको उपस्थिति रहेको थियो । यसैगरी, सभामा संघका कोषाध्यष दिपक पनेरुसँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सदस्यहरु तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको व्यवस्थापन समूह लगायत देशभरबाटै सहभागी प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।