सोमबार, वैशाख १७
०६:०१

नेफ्स्कून सम्मान तथा पुरस्कार २०८० प्रदान (नामावलीसहित)

शनिबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभाका अवसरमा साकोस अभियानमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्व एवम् संघ संस्थाहरुलाई सम्मान पुरस्कार प्रदान गरिएको छ । नेफ्स्कूनको ३६औं स्थापना दिवस २०८० साउन ३२ गते विभिन्न विधामा घोषित उक्त सम्मान तथा पुरस्कार संघको आज आयोजित ३२औं वार्षिक साधारण सभाका अवसरमा प्रदान गरिएको हो । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि, सभाध्यक्ष, विशिष्ट अतिथि तथा अतिथिहरुले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । 

नेफ्स्कूनले नेपालको साकोस अभियानमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व एवम् संघ संस्थाहरुलाई संघको सम्मान तथा उत्प्रेरणा नीति २०६८ (पुनर्लेखन २०७६) अनुसार गठित पुरस्कार तथा सम्मान उपसमितिको सिफारिशमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । निश्चित सम्मान तथा पुरस्कारका लागि संघले आवेदन माग गरेको थियो । सोही आधारमा उपसमितिले तोकिएको मापदण्डका आधारमा पुरस्कृतहरुको सूची तयार गरी सञ्चालक समितिमा सिफारिश गरेको थियो जुन अनुमोदित भएपछि घोषणा गरिएको थियो । सम्मान तथा पुरस्कार छनौट उपसमितिको संयोजक संघका निवर्तमान अध्यक्ष रहने नीतिगत प्रावधान रहेको छ ।
 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।