सोमबार, वैशाख १७
०६:४०

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु, उद्घाटन सत्र जारी

शनिबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभा काठमाडौंमा शुरु भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सभाको पूर्व मन्त्री, संविधान सभा सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडालले उद्घाटन गर्नुभएसँगै साधारण सभा विधिवत शुरु भएको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेका उद्घाटन सभामा प्रमुख राजनीतिक दलका सहकारी विभाग प्रमुखहरुः नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेपाली कंग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेल, नेकपा माओवादीका सहकारी विभाग प्रमुख लिलामणि पौडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डे, राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेत, पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलगायतको उपस्थिति रहेको छ । यसैगरी, सभामा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यष दिपक पनेरुसँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सदस्यहरु तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको व्यवस्थापन समूह लगायत देशभरबाटै सहभागी प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको छ । उद्घाटन सत्रमा सम्मान पुरस्कारसँगै अतिथिहरुबाट शुभकामना मन्तव्य राख्ने क्रम जारी रहेको छ । देशभरबाट प्रतिनिधिहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।

सभा अन्तगर्त भोलि संघको नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यतालिका रहेको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।