मंगलबार, जेठ १
०१:१४

आज नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा सुरु हुँदै

शनिबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र शीर्ष निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० को ३२औं वार्षिक साधारण सभा आज बिहान काठमाडौंमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस ७ र ८ गतेका लागि हुने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । नेफ्स्कूनको निर्वाचनसहितको साधारण सभामा सहभागी हुन देशभरबाटै अधिकांश प्रतिनिधिहरु काठमाडौं आइसक्नुभएको छ भने उपत्यका आसपासका र बाँकी केही जिल्लाका आजै सहभागी हुनुहुनेछ ।

साधारणसभाको कार्यक्रम अन्तर्गत पहिलो दिन आज उद्घाटन तथा बन्द सत्र रहेको छ भने दोस्रो दिन भोलि निर्वाचन कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेफ्स्कून सम्मान तथा पुरस्कारसँगै नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड घोषणा तथा प्रदान गर्ने कार्यक्रम रहेको छ । 

पुस ८ गते दोस्रो दिन निर्वाचनको कार्यक्रम रहेको छ । संघको यो साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्नेछ । २०७६ सालमा सम्पन्न संघको २८औं वार्षिक साधारण सभाद्वारा निर्वाचित वर्तमान सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको ४ वर्षे कार्यकाल यसै वर्ष सकिने भएकाले नयाँ समितिका लागि पर्सि निर्वाचन हुन लागेको हो । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।

निर्वाचनका लागि संघको निर्वाचन उपसमितिको कार्यालयले आज नै अन्तिम मतदाता नामावली प्रकाशन तथा प्रथम पटक उम्मेदवारको नामावली प्रकाशनसँगै उम्मेदवारविरुद्ध दाबी विरोध र निर्णय सम्मका कामहरु सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

कार्यालयले आज अपरान्ह प्रथम पटक मतदाता नामावली प्रकाशन गर्नेछ । उपसमितिले साधारण सभा आयोजना स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित कार्यालयको सूचनापाटीमा नामावली टाँस गर्ने कार्यक्रम छ । 

नेफ्स्कूनको निर्वाचन निर्देशिका २०७० (संशोधन २०७६) दफा ९ सँग सम्बन्धित निर्वाचन कार्यतालिका अनुसार उपसमितिले आज अपरान्ह प्रथम पटक मतदाता नामावली प्रकाशन गर्नेछ । निर्वाचन कार्यतालिका अनुसार प्रथम पटक प्रकाशित मतदाता नामावली उपर दाबी विरोध र संशोधन पेश गर्न १ घन्टाको समयावधि उपलब्ध गराइनेछ । कार्यालयले आज नै अपरान्ह अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ भने त्यसपछि उम्मेदवारको दरखास्तका लागि समय उपलब्ध गराउनेछ । तोकिएको समयभित्र प्राप्त उम्मेदवारको दरखास्तसहित कार्यालयले उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्नेछ । उक्त नामावली उपर दाबी विरोध र निर्णयको काम सम्म आजै सक्ने गरी कार्यालयले कार्यतालिका प्रकाशन गरेको छ । उम्मेदवारी फिर्तादेखि मतपरिणाम घोषणासम्मका बाँकी सबै काम भोलिका लागि तय गरिएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।