शुक्रबार, वैशाख २१
१२:००

रोचडेली अगुवाहरुले सहकारी स्थापना गरेको दिन आज

बिहीबार, पुस ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ज सन् २०२३ डिसेम्बर २१ । आजभन्दा करिब १ सय ८० वर्ष अघि (नयाँ अंग्रेजी वर्ष आउन मात्र केही दिन बाँकी रहेकोले) सन् १८४४ मा आधुनिक विश्व सहकारी इतिहासको औपचारिक थालनी भएको दिन । आजकै दिन उत्तरी बेलायतको ल्याङ्कसायरस्थित रोचडेल सहरको टोड लेन-३१ मा २८ जना स्थानीय अगुवा (रोचडेली अगुवा) हरुले सहकारी उपभोक्ता पसल ‘रोचडेल पायोनियर्स स्टोर’ सञ्चालन गरी बिश्वमा आधुनिक सहकारी अवधारणाको व्यावहारिक एवम् विविधत् सुरुवात गरेका थिए । रोचडेलको कटन मिलमा काम गर्ने २८ अगुवाहरुको सामुहिक प्रयासमा सहकारी सञ्चालनमा आएको थियो । यसैलाई नै आधुनिक सहकारीको पहिलो सफल संस्था मानिन्छ । रोचडेली अगुवाहरु र उनीहरुले जग बसालेको पृथक व्यवासायिक मोडेल दुबैलाई आधुनिक सहकारी अभियन्ता र व्यवसायको प्रोटोटाइपको रुपमा लिइन्छ ।

सहकारी प्रारुपमा पसल सञ्चालन गर्ने उक्त कार्यले विश्व सहकारी अभियानको आजको फैलावटको दरिलो जग बसाल्ने काम गरेको थियो । हुनत् टोड लेन अघि पनि सहकारी प्रारुपमा काम नभएको होइन तर तिनीहरु स्थायी र दिगो बन्न सकेका थिएनन् जुन विषयलाई अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले पनि उल्लेख गरेको छ । रोचडेली अगुवाहरुले खनेको जगले भने सहकारीको सैद्धान्तिक र व्यवाहारिक आधारशिला निर्माणको सुरुवात गरेको थियो । खासमा 'रोचडेल सोसाइटी अफ एक्वेटेवल पायोनियर्स' ले गुणस्तरयुक्त र मिसावटरहित खाद्य सामाग्रीहरुको सहज र सर्वसुलभ उपलब्धता गराएको थियो । 

पसलमा ५ वटा उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएका थिए । पूरानो ग्रेगोरियन क्यालेन्डर अनुसार डिसेम्बर २१ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस पनि पर्दथ्यो । रात करिब ८ बजेतिर रोचडेली अगुवाहरुको एक समूह र उनका परिवाजनहरु पसल शुभारम्भको औपचारिक कार्यक्रमका लागि भेला भएका थिए । जाडोको याममा त्यो दिनको तापक्रम एकदमै न्यून थियो । जब नजिकैको चर्चमा रहेको घन्टीले रातको ८ बजेको जनाउ दियो तब रोचडेली अगुवाहरुमध्येका एक जेम्स स्थिथिज्ले पसलको सटर खोलेका थिए भने पसलको झ्यालमा केही मैनबत्तीहरु बालिएका थिए । पसल खोल्दा कुनै प्रकारको ताली वा समारोह भएको थिएन ।

६ बोरा पीठो, चिनी, जहुँको आटा (ओट मिल)  एक बोरा, नौनी (बटर) र दुई दर्जन बत्ती (क्यान्डल, कुनै सन्दर्भ सामाग्रीहरुमा ४ वटा मात्र सामाग्री भएको र क्यान्डल नभएको पनि उल्लेख पाइन्छ) गरी हालको करिब २५ डलर बराबरको सामान पसलमा राखिएको थियो । २३ फिट चौडाइ र ५० फिट गहिराइको क्षेत्रफल ओगटेको पसलको सामान बिक्रीका लागि ३९१ स्क्वायर फिटको क्षेत्रफल मात्र प्रयोग गरिएको थियो भने बाँकी भण्डारण र बैठकका लागि प्रयोग गरिएको थियो ।

खासमा रोचडेली अगुवाहरुले पसलमा सामान भन्दा बढी सदस्यको प्रजातान्त्रिक र न्यायोचित सहभागितामा सदस्यहरुकै आर्थिक सामाजिक समृद्धिका लागि सहकार्यको सिद्धान्तमा आधारित उद्यम वा व्यवसाय गर्न सकिन्छ भन्ने आशा र भरोसा भर्ने काम गरेका थिए । सन् १८४० मा रोचडेलमा गरिएको जनगणना अनुसार त्यहाँको जनसंख्या २४४२३ थियो । पसल सञ्चालनमा इमान्दारी, पारदर्शिता, सम्मानका साथै मुनाफामा समुचित भागेदारीको कुरालाई बढी प्राथमिकता दिइएको कारण बिस्तारै त्यसले सबैको मन जित्दै गएको थियो ।

रोचडेली अगुवाहरुले प्रयोग गरेको पसललाई पछि मर्मत गरेर रोचडेल पायोनियर्स म्युजियम बनाइएको छ । उक्त म्युजियम आज संसारका सहकारीकर्मी, पत्रकार र शुभेच्छुकहरुको भ्रमणको रोजाइमा पर्दछ । बेलायतको रोचडेललाई विश्व सहकारीको राजधानी पनि भनिन्छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।